आजको राशिफल – Aajako Rashifal

२०७८ भाद्र १४ गते, सोमबार, ३० अगस्ट २०२१। चन्द्रराशि– वृष,।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। फजुल खर्च बढ्नेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। वादविवादमा अघि नसर्नुहोला। दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। तर समयमा जागरुक नबन्दा पछि परिनेछ। पहिलेका सहयोगी प्रतिस्पर्धामा उत्रन सक्छन्, ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिने चेष्टा गर्नुहोला।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि दिगो काम सुरु गर्ने समय छ। धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। दिउँसोदेखि महत्त्वाकांक्षी काम प्रारम्भ हुनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले उत्साह जगाउनेछन्।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा थप लगानी आवश्यक पर्नेछ। भैपरी आउने समस्याले खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले पछि परिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
समाजमा विवादास्पद काम गर्नुपर्दा समस्यामा परिनेछ। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। अरूका काममा धेरै समय व्यतीत गर्नुपर्नेछ। हडबडको त्रुटिले काम दोहोर्याउनुपरे पनि दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। व्यवसायमा पनि प्रगति हुनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। दिउँसाेदेखि आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। अरूका लागि केही रकम र बुद्धिसमेत खर्चनुपर्ला। बाध्यात्मक परिस्थितिले काम राेकिनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
केही अवसर आउनेछन् र पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। मिहिनेतले भौतिक सुविधा जुटाउन सकिनेछ। तर लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन्। स्वास्थ्य कमजाेर रहनेछ, आहारविहारमा ध्यान पुर्याउनुहोला।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्रोतसाधन जुट्नाले काम बन्नेछ। लगानी बढाउनुपरे पनि नयाँ व्यवसाय थालनी हुनेछ। बलभन्दा बुद्धि लगाउँदा लक्ष्य प्राप्ति हुनेछ। दिउँसाेदेखि बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। समयमा गम्भीर नबन्दा पनि दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसोदेखि चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ। स्रोतसाधन जुट्नाले जटिल काम समेत सम्पादन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
काममा बाधा पुर्याउनेहरू देखा पर्नेछन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस मरे पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। लेनदेन सम्बन्धी हिसाबमा होसियार रहनुहोला। अग्रजहरूको सहयोगले केही काम गर्न सकिनेछ। तर गोपनीयता बाहिरिनाले काममा समस्या पर्न सक्छ। दिउँसोदेखि आफन्त टाढिनेछन्, सजग रहनुहोला। व्यसायमा काम बिग्रनाले केही दौडधुप गर्नुपर्नेछ। अनायासै साथीभाइ टाढिनाले एक्लोपना अनुभूति हुनेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot