Rashtriya Dainik

धनबहादुर सुनारको अध्यक्षतामा नगर स्तरिय राष्ट्रिय युवा संघ नेपालको सत्तरी सदस्यीय कमिटी गठन

१२ भदौ, बाँके । राष्ट्रिय युवा संघ नेपाल बाँकेका अध्यक्ष तिलक वीर सुनारको अध्यक्षतामा बसेको बैठक नगर स्तरिय कमिटी गठन गरेको छ । उक्त बैठकले नेपालगन्ज उपमहानगरपालिका स्तरिय राष्ट्रिय युवा संघ नेपाल सत्तरी सदस्यीय कमिटी धनबहादुर सुनार (सान बाबु) को अध्यक्षतामा गठन गरिएको छ ।

धन बहदुर सुनार (सानबाबु) को संयोजकात्मकमा गठित नयाँ नगर कमिटीको सहसंयोजकमा वविन गुरुङ्ग, बिरेन्द्र थापा, गणेश जि.एम., शुशान्त के.सि., सचिवमा निर्मल खत्री, उप-सचिबमा गोबिन्द वर्मा, कोषाध्यक्षमा स्याम जि.सि.लाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा अयुव इदरिसी, सद्दाम शाह, सोय विश्वकर्मा लागायत सत्तरी सदस्यिय कमिटी गठन उक्त भेलाले गरेको हो ।

सुनारले कार्यक्रमलाई सम्बोधन गर्दै अब उक्त समितीले उपमहानगरपालिका रहेका बिकृती बिसङगतीका बिरुद्द लडने र समाजमा अन्यायमा परेकालाई न्याय दिलाउने बाचा समेत गरेको छन ।

उक्त कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल बाँकेका जिल्ला अध्यक्ष तिलक वीर सुनारको अध्यक्षतामा प्रमुख अतिथीमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिब रबिन्द्र लम्साल, विशिष्ट अतिथीमा सुनिता कार्की, देवराज भार, सुर्य ढकाल, अतिथिमा राष्ट्रिय युवा संघ नेपाल बाँके इन्चार्ज खेमराज शर्मा, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य मोहित शाह, राष्ट्रिय युवा संघ नेपाल बाँके उपाध्यक्ष मनोज बि.क., राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य विपेन्द्र लामा, दत्त प्रसाद आचार्य, कृष्णा पाठक, अनेरास्ववियु बाँके अध्यक्ष दिनेश के.सि., अनेरास्ववियु केन्द्रिय सदस्य सुमन घिमिरे लागायतको सहभागितामा उक्त समिती गठन गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित