१२ भदौ, बाँके । बाँकेको जानकी गाउँपालिकाकाका अध्यक्ष रामनिवास यादवको दु:खद निधन भएको छ ।
उनको गए राती करिब १:०० बजेको समयमा उपचारका क्रममा मेडिकल कलेज नेपालगन्जमा निधन भएको हो । उनी केही दिन यता देखि बिरामी थिए । शरीरमा रगतको मात्रा कम भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट जानकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

