Rashtriya Dainik

प्रहरीले स्रोत नखुलेको ६ लाख रकम सहित १ जना पक्राउ

वीरगंज १२ भदौ
संजु छतकुली

पर्सा प्रहरीले स्रोत नखुलेको ६ लाख नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको ईनार्वा चौकीले वीरगंज भन्सार कार्यालय नजिक रहेको शंकरअचार्या गेटमा खटिएको नियमित चेकिङ्ग टोली भारतवाट वीरगंजतर्फ अाउदै गरेको ना ८ प १८७ नम्बरको हिरो स्पेलन्डर मोटरसाइकललाई रोकी चेकजाँच गर्दा ६ लाख स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

स्रोत नखुलेको रकम सहित वीरगंज महानगरपालिका वडा नम्बर १ बस्ने वर्षा ६० को स्वामिनाथ प्रसाद साह तेलीलाई पक्राउ गरेको छ।

पक्राउ परेको तेलीलाई बैक तथा वित्तीय सस्था ऐन २०७३विरुद्ध कसूर मुद्दा चलाउने तयारी भईरहेको पर्सा प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित