Rashtriya Dainik

रुपन्देहीमा जबरजस्ती करणी आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

बुटवल — रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् ।

स्थानीय ३० वर्षीया महिलाले बिहीबार जिल्ला प्रहरी कार्यालय भैरहवामा जबरजस्ती करणी उद्योग गरेको भन्दै उजुरी दिएपछि शुक्ला पक्राउ परेका हुन् ।
उजुरीका आधारमा शुक्लालाई बिहीबार दिउँसो २ बजे पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

शुक्लामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित