Rashtriya Dainik

कुलमान घिसिङले बुझे प्राधिकरणमा ४ वर्षको नियुक्ति पत्र

 
काठमाडौँ: सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

उर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई ४ वर्षका लागि नियुक्त गरेको हो । बुधबार उनलाई उर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयबाट नियुक्तिपत्र बुझेका छन् ।

यससँगै कुलमान दोस्रो पटक प्राधिकरणमा कार्यकारी निर्देशक बनेका हुन् । यसअघि कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई भने सरकारले विशिष्ट श्रेणी (सचिव) सरह जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा नियुक्त गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित