२०७८ साउन २७ गते, बुधवार, ११ अगस्ट २०२१। श्रावण शुक्लपक्ष तृतीया तिथि, १७ः०८ बजेदेखि चतुर्थी। पूर्वफाल्गुनी नक्षत्र, १०ः४५ बजेदेखि उत्तर फाल्गुनी। चन्द्रराशि– सिंह, १६ः३९ बजेदेखि कन्या। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यावहारिक समस्याले याेजना स्थगन हुने देखिन्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। स्वास्थ्य कमजाेर रहनेछ भने कामकाे चाप बढ्नेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। केही खर्च पनि बढ्नेछ। थकाइ र कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने समय छ। वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दु:ख पाइनेछ। समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। बेसुरको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। परिवारजनको सहयोगले मात्र काम बनाउन सकिनेछ। साँझतिर विवादास्पद कामकाे जिम्मेवारी आउन सक्छ। अध्ययनमा बाधा हुनेछ। मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर भने काम बिग्रने भयले सताउन सक्छ। कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। साँझतिर नियमित कामकाे नतिजा हातलागी हुनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत पनि बढ्नेछन्। सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे समय लागे पनि तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। साँझतिर परिस्थिति केही कमजोर रहनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने समय रहेकाले सावधान रहनुहोला। कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। काम बिग्नाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण वा लामाे यात्रा हुने सम्भावना छ। साँझतिर परिस्थितिले अलमल्याउन सक्छ। वादविवादमा अघि नसर्नुहाेला। तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित दाम प्राप्त हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम पनि बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ। धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला। वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझदेखि आयस्रोत बढ्नेछन्। स्रोत-साधन जुट्नाले कर्मको उचित प्रतिफल पाइनेछ। मिहिनेतले सजिलै दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप र जिम्मेवारी बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। विश्वास दिलाएर झुक्याउनेहरूले सताउन सक्छन्। साँझतिर रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। परिस्थितिवश अरूका लागि अलमलिनुपर्ला। कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द परिस्थिति रमाइलाे देखिए पनि हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। स्वतन्त्र रूपले काम गर्ने वातावरण नमिल्न सक्छ। आकस्मिक वादविवादले परिस्थिति बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। साँझतिर स्वास्थ्य कमजोर हुनाले नियमित काममा बाधा हुनेछ। मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। साँझतिर यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिलाे हुने सम्भावना देखिन्छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।