Rashtriya Dainik

प्रधानमन्त्रीसँग महासङ्घको भेटघाट

प्रधानमन्त्रीसँग महासङ्घको भेटघाटः
वि.सं.२०७८ साउन २० गते नेपाल शिक्षक महासङ्घका सहअध्यक्ष( कार्यवाहक अध्यक्ष) पूर्णप्रसाद दवाडीको नेतृत्वमा गएको महासङ्घ पदाधिकारी तथा आबध्द सम्बध्द संस्थाका अध्यक्ष तथा महासचिव लगायतको प्रतिनिधि मण्डलले सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा सँग भेटी महासङ्घको आन्दोलन, शिक्षक–कर्मचारीका मागमुद्दा, विगतका सम्झौता बारे अवगत गरायो । प्रतिनिधिमण्डलमा पदाधिकारीहरुबाट उपाध्यक्ष हेमचन्द्र महतो, महासचिव लक्ष्मीकिशोर सुवेदी, उपमहासचिव अर्थ शेरबहादुर अधिकारी, सचिव झम्कप्रसाद चौलागाईं हुनुहुन्थ्यो ।
त्यसैगरी उक्त प्रतिनिधि मण्डलमा ने .शि.महासङ्घका संस्थापक अध्यक्ष तथा सल्लाहकार केशव निरौला,ने.शि.सङ्घ सङ्घीय अध्यक्ष राजेन्द्रराज पौडेल, एकीकृत अ. ने. शि.सङ्गठनका अध्यक्ष शङ्कर अधिकारी, अ. ने. शि. सङ्घका अध्यक्ष सानोभाइ कार्की, अ. ने. रा. शि. संगठनका अध्यक्ष विजयरत्न बज्राचार्यको विशेष उपस्थिति थियो । प्रतिनिधि मण्डलमा ने.शि.सङ्घका महासचिव सोमनाथ गिरी, अ.ने शि. सङ्गठनका महासचिव रमेश रुपाखेती, वि. क. परिषदका महासचिव प्रदीप श्रेष्ठ को पनि उपस्थिति थियो । साथै उक्त प्रतिनिधि मण्डलमा मेघनाथ यादव( अध्यक्ष, ने.शि.सङ्घ प्रदेश २) इलमबहादुर शाही( अध्यक्ष, ने.शि.सङ्घ कर्णाली प्रदेश), कुमार बजगाई( महासचिव, राहत शिक्षक केन्द्रीय समिति), पुष्प न्यौपाने(नेता, हिस्टुन) को समेत उपस्थिति थियो ।
प्रधानमन्त्रीबाट आफ्नो सरकार शिक्षकका माग मुद्दा सम्बोधनमा सकारात्मक रहेको जानकारी । प्रतिनिधि मण्डलमा सहभागी सबै साथीहरुलाई हार्दिक धन्यवाद ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित