एमयुमा कार्यरत भिसीसाप लाई खुल्ला पत्र ।

आदरणीय भिसी साप नमस्कार तथा अभिवादन । भिसी साप मैले हजुर र हजुरले कमान्ड समालेको कार्यकर्ता उत्पादन गर्ने एक कारखाना (जसको नाम मध्यपश्चिम विश्वविद्यालय छ) को बारेमा थोरै लेख्ने अनुमति चाहान्छु। भिसी साप मैले यो अनुमति हजुरसामु भौतिक रूपमा उपस्तिथि जनाएर मागेको होइन ,मानवीय गुण र थोरै भए पनि नैतिकता भएको हुनाले अप्रत्यक्ष रूपमा नै भए पनि अनुमति चाहान्छु।यो अनुमती प्रत्यक्ष भेटेर नै मागे पनि हुन्थ्यो तर मैले अहिले भेटेर अनुमती माग्न उचित ठानिन र अर्को कुरा म जस्तो भुइँ मान्छे लाई साहेद हजुर संग भेट्ने समय पनि हुँदैन होला। भिसी साप हजुर र मेरो प्रत्यक्ष भेट र चिनजान नभए पनि,मैले हजुर लाई राम्रै संग चिन्दछु।भिसी साप हजुर तत्कालीन अवस्था मा दैलेखको त्रिभुवन हाइस्कुल मा अध्ययन गर्दै गर्दा हाम्रो घरमा जानू भएको भन्ने कुरा सुनेको छु ।जतिखेर म यो सुन्दर धर्तीमा आउनेनआउने ठेगान नै थिएन।दाइ गङ्गाराम सुवेदी र हजुर एउटै कक्षामा अध्ययन गर्ने साथी हुनुहुन्थ्यो रे।आज दाइ गङ्गाराम त हाम्रो सामु हुनुहुन्न ,उहाँ भैदिएको भए साहेद हजुर को बारेमा अझ धेरै जान्ने र बुझ्ने मौका प्राप्त हुन्थ्यो होला,तथापि हजुर को ब्यक्तिगत र पारिवारिक कुरा भन्दा पनि एमयु को अहिले को परिस्थिति र हजुर को नेतृत्वको बारेमा केही लेख्ने जमर्को गर्दैछु।यो लेख्नुपर्ने बाध्यता त होइन तर पनि नलेखी चुप बस्नै सकिन। भिसी साप हजुर कर्णालीको माटो ले जन्माएको एक होनहार प्राज्ञिक ब्यक्तित्व हो यस कुरा मा कुनै दुईमत नै छैन ।स्वभावैले कर्णाली एक त राज्यबाट सधैं उपेक्षामा परिरह्यो।कर्णालीले सधैं रोग ,भोग र शोक संग कुस्ती खेल्दै मुक्ती को बाटो खोज्न संघर्ष गरिरहन पर्यो ।भौगोलिक रूपमा नै उपेक्षामा परेको कर्णाली ले सधैं राज्यबाट सौतेनी आमा को जस्तै ब्यवहारको पेलान खेपिरहनुपर्यो। बौद्धिक विकासको कुरा त धेरै टाढाको कुरा हो भौतिक विकासको वास्तविक अनुभुती अझै कर्णाली ले गर्न पाएको छैन ।भिसी साप मैले कर्णालीको बारे वास्तविकता ओकल्नु भनेको इन्द्रका अगाडि स्वर्गको बयान गरेजस्तै हुन्छ।किनभने हजुरले जति बुझ्नुभएको छ कर्णालीको बारे त्यो कुरा संग मेरो कुरा लाई तुलना गरेर हेर्नै नमिल्ने हो तथापि पछिल्लो चरणमा हजुरका नाटकहरु विश्वविद्यालय जस्तो एउटा कर्मकर्ता उत्पादन गर्ने भट्टी मा एकपछी अर्को गर्दै मंचन भैरहेका छन यसले सिङ्गो कर्णालीवासी लाई नै तरंगित बनाइरहेको छ। कर्णाली कै माटोमा जन्मिएर कर्णाली कै माटोमा हुर्किएर ,कर्णाली कै प्राज्ञिक क्षेत्रको कमान्ड समाल्न पाउनु स्वयं हजुरको लागि र हामी कर्णालीबासी को लागि खुसी र गौरवको कुरा थियो।हजुर मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति हुने चर्चा चलिरहदा ,हजुर को प्रतिस्पर्धि को रूपमा मैदानमा उत्रिनु भएका जनार्दन लामिछाने ,केशरसिंह राना सर भन्दा हजुर अब्बल हुनुहुन्छ र साच्चिकै कर्णालीको शिक्षा क्षेत्रमा आमूल परिवर्तनको सुत्रपात विश्वविद्यालय बाट गर्नुहुन्छ भन्ने जुन आशा र अपेक्षा थियो त्यसमा आज विश्वविद्यालय आन्दोलन गर्ने रणभुमी भएको दृश्य देख्दा , विश्वास र आसमा , कुठाराघात र तुसारापात भएको आभास थोरै पनि आलोचनात्मक चेत बाट बुझ्ने ब्यक्तिहरुमा परिरहेको छ। जुन रूप बाट विश्वविद्यालय लाई उर्जा र गति प्रदान गर्नुपर्थ्यो त्यो ल्याकतमाथी प्रश्न चिन्ह खडा भएको छ।तपाईं एउटा खोज ,अध्ययन र अनुसन्धान बाट कर्मकर्ता उत्पादन गर्ने क्षेत्रको कमान्डर भन्दा पनि पार्टीको निश्चित गुटको प्रशिक्षण मार्फत कार्यकर्ता उत्पादन गर्ने कमान्डरको रूपमा आफूलाई उभ्याउने दुस्साहस गर्दै हुनुहुन्छ ,यस्तो प्रवृत्तिले ब्यक्तिगत रूपमा र गुटगत रूपमा हजुर लाई लाभ त मिल्ला तर यस्तो प्रवृत्ति भएका कमान्डरले उत्पादन गरेका कार्यकर्ताहरुले भोलिको नेपाली समाज लाई कहाँ पुर्याउलान गम्भीरतापूर्वक समिक्षा गर्ने र निर्ममतापुर्वक एक्सन चाल्ने बेला आएको छ।तपाईंका ब्यक्तिगत हर्कतहरु केही मिडिया मार्फत सुन्नामा आएपनी ,त्यो भन्दा धेरै कुरा हजुर कै कमान्डमा चलेका कार्यकर्ताहरुको मुखारबिन्दु बाट सुन्न पाइन्छ।

विश्वविद्यालय लाई जन्माउने बेलाका भिसी पदमलाल हुन या उनको पद चैट भएपछि भिसी बन्ने मौका पाएका कालिप्रसाद हुन जति अपेक्षा उनिहरु बाट गरिएको थियो ,त्यो प्राप्त हुन सकेन।त्यसपछि भिसी बनेर आएका ईश्वर पोखरेलका सम्धी उपेन्द्रको कार्यकालमा त्यति उल्लेखनीय कार्य नभए पनि उनको ब्यवस्थापन तर्फको पाटो सबल रहेको पाइन्छ। मध्यपश्चिम विश्वविद्यालय भर्खर बाल्यअवस्था पार गर्दै किशोर अवस्थामा प्रवेश गरिरहेको बेला तपाईंको आगमन भएको छ।तपाईंको आगमन संगै अब विश्वविद्यालय ,शैक्षिक दलाल ,माफिया र तस्कर रहित बन्छ कि भन्ने विश्वास यो पंक्तिकार लाई थियो।विश्वविद्यालय लाई कमाइ खाने भाडो बनाइ बाहिर शैक्षिक दलालगिरि गर्नेहरुको झुन्ड विश्वविद्यालयमा व्यापक छ यसको अन्त्य हुन्छ भन्ने थियो।हजुरका केही एक्सनहरुले झिनो आसा पलाएको पनि थियो तर पछिल्ला गतिविधिहरुले तपाईं त खड्ग ओलिको एउटा कारिन्दा मात्रै भएको कुरा तपाईंको अभिव्यक्ति र व्यबहारले पुष्टि गर्दैछ।

आदरणीय भिसी साप म थोरै समग्र विश्वविद्यालयको केही दृष्टान्तहरु लाई प्रस्तुत गर्न गैरहेको छु।

प्रायजसो मुलुकमा विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारजस्ता पदमा नियुक्तिको आधार अध्ययन, अनुसन्धान र शैक्षिक नेतृत्व क्षमता हुने गर्छ । कतिपय विश्वविद्यालयमा यस्ता पदमा नियुक्ति दिँदा व्यक्तिको राष्ट्रियताको पनि ख्याल गरिँदैन । नेपालमा भने प्रधानमन्त्रीले कुलपतिको हैसियतमा सह–कुलपतिसमेत रहने शिक्षामन्त्रीको सिफारिसमा आफ्ना कार्यकर्ता वा शुभेच्छुकलाई नियुक्ति गर्ने परिपाटी छ । पार्टीगत आधारमा सिफारिसमा भागबन्डा गर्ने चलन चलेको छ । विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्दा अपनाइने प्राज्ञिक पद्धति लत्याएर विश्वविद्यालयलाई राजनीतिक भर्तीकेन्द्र बनाइने गरिएको छ । यसरी पार्टीको ‘आदेश’मा नियुक्त भएका उपकुलपति र उच्च पदाधिकारीले विश्वविद्यालयलाई झन् अस्तव्यस्त बनाउँदै लगेको जगजाहेर छ ।

विश्वका राम्रा विश्वविद्यालयमा एउटा उपप्राध्यापकलाई करिब पाँच वर्षजति परीक्षण अवधिमा नियुक्त गरी त्यस अवधिमा उसले गर्ने अनुसन्धान, प्रकाशित गरेका पेपर मूल्याकंन गरेर मात्र बल्ल स्थायी गरिन्छ । यस्तो परीक्षण अवधिमा सन्तोषजनक र आशा गरिएजति काम गर्न नसके विश्वविद्यालयबाट बिदाइ गरिन्छ । यस्तै प्रक्रियाबाट बिस्तारै सहप्राध्यपक र प्राध्यापकमा पदोन्नति गरिन्छ । जबसम्म हाम्रा विश्वविद्यालयमा प्राध्यापक नियुक्ति तथा पदोन्नतिमा यस किसिमको व्यवस्था गर्न सकिन्न, तबसम्म विश्वविद्यालय अनुसन्धान तथा नव प्रवर्तनको केन्द्र बन्न सक्दैनन् । यस्तो हुन नसकुन्जेल देशको द्रूत विकास असम्भव नै छ ।

विश्वका समृद्ध अथवा समृद्धिउन्मुख केही राष्ट्रले अनुसन्धान तथा विकासमा राष्ट्रिय बजेटको तीनदेखि पाँच प्रतिशत विनियोजन गरेका हुन्छन् । नेपालको सन्दर्भमा यस्तो खर्च राष्ट्रिय बजेटको ०.०५ देखि ०.३ प्रतिशतजति मात्र हुन्छ । यसरी विनियोजन गरिएको बजेट पनि धेरैजसो अनुसन्धानमूलक संस्थाका कर्मचारी र विज्ञको तलब–भत्ता सुविधामा खर्च हुन्छ ।

एसियामा द्रुत गतिमा विकास भएका दक्षिण कोरिया र चीनले अनुसन्धानका लागि विश्वविद्यालयमा ठूलो लगानी गरेका छन् । त्यहाँका ठूला विकास निर्माणका परियोजना विश्वविद्यालयका अनुसन्धानसँग जोडिएका हुन्छन् । ती मुलुकका केही विश्वविद्यालय विश्वको उत्कृष्ट सयभित्र पर्छन् । अन्य विश्वविद्यालयको पनि गुणस्तर वृद्धि गर्न उनीहरूले ठूलो लगानी गरेका छन् । तर, नेपालमा बजार, विकास र विश्वविद्यालयको अनुसन्धानलाई सँगै लैजाने वातावरण बनाउन राज्यबाट ठोस पहल नै भएको छैन ।

उच्च शिक्षाको गुणस्तर सुधारमा नेपालमा धेरै ढिलो भइसकेको छ । अहिले भएका विश्वविद्यालयको गुणस्तर सुधार्न नसक्ने हो भने अब खोलिने विश्वविद्यालय पनि प्रमाणपत्र बाँड्ने केन्द्र मात्र नबन्लान् भन्न सकिँदैन । उच्च शिक्षाको गुणस्तर सुधार जटिल नै छ र यसका विभिन्न कारण छन् । शैक्षिक उत्कृष्टता, खोज तथा अनुसन्धानमा दख्खल राख्ने र विद्यावारिधि गरेको व्यक्तिभन्दा बल्लतल्ल स्नातकोत्तर गरेका र राजनीतिक दलका कार्यकर्ताले विश्वविद्यालयमा सहज प्रवेश पाउने गरेको पाइन्छ । विश्वविद्यालयमा पर्याप्त स्रोत–साधनको अभाव रहेको छ । सरकारले दिएको बजेट धेरैजसो प्राध्यापक र कर्मचारीलाई तलब खुवाउनमै सकिन्छ । खोज–अनुसन्धानलाई सरकार र विश्वविद्यालय दुवैले प्राथमिकतामा राखेको पाइँदैन । विश्वविद्यालयका जिम्मेवार पदमा नियुक्ति गर्दा राम्रालाई भन्दा पनि हाम्रालाई बढी प्राथमिकता दिने चलन छ ।

विश्वविद्यालयमा शिक्षण गर्ने शिक्षक, प्राध्यापकलाई अनुसन्धानमा आधारित पठन संस्कृतिको विकास गर्नुपर्ने देखिन्छ । विश्वविद्यालयमा अब नयाँ शिक्षक, प्राध्यापक नियुक्त गर्दा सेवा अयोगले अनुसन्धान र शिक्षणमा आधारित भएर नियुक्ति प्रक्रिया सुरु गर्नुपर्ने देखिन्छ । यसो हुन सक्यो भने दैनिक कक्षामा पढाउने प्राध्यापकले पनि आफूमाथि गर्व गर्न सक्छ । अर्कातिर अनुसन्धान गर्ने र नगर्ने प्राध्यापकबीच विभेद हुन पाउँदैन । अनुसन्धानमा लाग्ने शिक्षक–प्राध्यापकले ७० प्रतिशत अनुसन्धान र ३० प्रतिशत पढाउने कार्य गर्न सक्छन् भने नियमित कक्षाकोठामा देखिने शिक्षक, प्राध्यापकले ७० प्रतिशत शिक्षण र ३० प्रतिशत अनुसन्धान गर्न सक्छन् । यसले गर्दा बिस्तारै हाम्रो पठनपाठन प्रक्रिया अनुसन्धानमा आधारित हुन्छ र विश्वबजारमा हामीले उत्पादन गरेको जनशक्तिले सजिलै प्रतिस्पर्धा गर्न सक्छ ।

राजनीतिक पृष्ठभूमिकै भए पनि नेतृत्वलाई इमानदार, गुटरहित र स्वतन्त्र बनाउन सक्ने हो भने अहिलेको सन्दर्भमा विश्वविद्यालयलाई बौद्धिक, प्रशासनिक तथा अनुसन्धान उन्मुख बनाउन ठूलो सहयोग पुग्न सक्छ । यसका लागि विश्वविद्यालयका अन्य विभिन्न पद जस्तै, रेक्टर, रजिस्ट्रार, अनुसन्धान केन्द्र प्रमुख, डिन, परीक्षा नियन्त्रक आदिमा सक्षम र प्राज्ञिक व्यक्ति नियुक्त गरेर विश्वविद्यालयमा देखिएको अन्योल एवं अराजकता अन्त्य गर्न सकिन्छ ।

हाम्रो नेपाली समाज राजनीति भन्दा टाडा कहिल्यै रहन सकेन।जब रास्ट्रिय राजनीतिको तापमानमा वृद्धि हुन्छ तब त्यसको प्रत्यक्ष असर टोल समाज सम्म पुग्छ।गुटबन्दी हुन्छ राजनीतिक आस्थाकै आधारमा कित्ताकाट गरिन्छ र अनि बोली सम्म बारिन्छ,कति संकिणता ले गाजिएको छ हाम्रो समाज बयान गरेर साध्य छैन ।ठुला टाउकेहरु मिले साना टाउकेहरु लाजले पनि मिल्नुपर्ने ,ठुला टाउकेहरु झगडा गरे भने साना टाउकेहरु लाई बाह्र हात माथी उफ्रिएर विपक्ष पार्टी मात्रै होइन आफ्नै पार्टीको फरक गुटको विरोध गर्नुपर्ने ,झगडा गर्नुपर्ने यो कस्तो राजनीतिक संस्कार सम्झिदा पनि उदेक लागेर आउँछ।सामान्य कार्यकर्ता त अन्धभक्त भए बुजेकै हुदैनन् र उफ्रिन्छन त्यसलाई अस्वभाविक नमानौ यहाँ अनौठो कुरा के छ भने देशका थुप्रै जनशक्ति उत्पादन गर्ने शिक्षक नाम का पार्टीका कारिन्दाहरुको फोहोरी राजनीति देख्दा भोलि को समाज कतातिर जाला भन्ने मुख्य चिन्ताको विषय बनेको छ।एकजना शिक्षक ,प्राध्यापक नाङ्गै ,उदाङ्गै भएर राजनीतिमा उत्रिएको हुन्छ।यो कस्तो ब्यवस्था हो?

युवालाई उद्यमशील बनाउने, युवालाई प्रविधिको अध्ययन, अनुसन्धान र अन्वेषणका काम विश्वविद्यालयबाट गराउने हो।

नेपाल स्वर्ग हो । यहाँ धेरै कुरा गर्न सकिन्छ । ज्ञान उत्पादन गर्ने खप्पर नभए पनि मान्छेलाई धेरै कुरा सिकाउन सकिन्छ । तर, ज्ञान भएन भने अनुसन्धानका काम गर्न सकिँदैन । विश्वविद्यालयको काम भनेको अध्ययन, अनुसन्धान र अन्वेषण गर्ने हो । तर, नेपालका धेरै विश्वविद्यालयले कर्मकर्ताभन्दा पनि कार्यकर्ता उत्पादन गरिरहेका छन् । अनि कसरी देश समृद्ध हुन्छ ?,

विश्वविद्यालय प्राज्ञिक थलो हो । प्राज्ञिक थलोमा अध्ययन, अनुसन्धान हुन्छ । विद्यार्थीलाई कसरी पढाउने ? कस्ता पाठ्यसामग्री बनाउने ? कति विद्यार्थी फेल भए ? कति पास भए ? मैले पढाएको विद्यार्थीले बुझे कि बुझेनन् ? यी विषयमा प्राज्ञहरूले सोच्नुपर्छ ।तर दुखका साथ भन्नुपर्छ हाम्रो समाजमा रहेका विश्वविद्यालयका प्राज्ञिक ब्यक्तिहरुले यस्तो कहिल्यै सोचेनन।

विश्वविद्यालयमा ‘कर्मकर्ता’ उत्पादन गर्ने हो, ‘कार्यकर्ता’ उत्पादन गर्ने होइन । त्यसैले विश्वविद्यालयका प्राध्यापक कर्मदाता उत्पादन गर्ने कमान्डर बन्नुपर्छ राजनीतिक पार्टीको स्तुतिगान गाउने झोले कार्यकर्ता बन्नुहुदैन।

काम पनि नगर्ने अनि बन्द, हडताल गर्ने, कसैको उक्साहटमा निहित स्वार्थका लागि काम गर्ने । नेपालको समस्या नै यही हो । यसलाई समयमै रोक्न सकिएन भने झन देश ठुलो अकर्मण्यताको भुमरीमा फस्ने खतरा छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot