राजन कुमार बानियाँ /पर्सा, ३० वैशाख
पर्साको धोबीनी गाउँपालिकामा यस वर्षको एसईई नतिजाले शिक्षा क्षेत्रको कमजोर अवस्था फेरि उजागर गरेको छ । गाउँपालिका भित्र रहेका तीन माध्यमिक विद्यालयबाट नियमिततर्फ परीक्षा दिएका २९८ विद्यार्थीमध्ये जम्मा ३६ जना मात्रै उत्तीर्ण भएका छन् ।
गत वर्षको तुलनामा नतिजामा केही सुधार देखिए पनि समग्र अवस्था अझै चिन्ताजनक रहेको भन्दै अभिभावकहरूले असन्तुष्टि जनाएका छन् ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख जितेन्द्र चौहान का अनुसार श्री ने रा मा वि भिखमपुर बाट परीक्षा दिएका १११ विद्यार्थीमध्ये ४ जना मात्रै उत्तीर्ण भएका छन् । त्यस्तै अजिज मिया माध्यमिक विद्यालय धोबीनी का ९८ विद्यार्थीसध्ये २० जना र श्री काली प्रसाद लाखे माध्यमिक विद्यालय लंगडीका ८९ विद्यार्थीसध्ये १२ जना उत्तीर्ण भएका शिक्षा शाखाले जनाएको छ ।
स्थानीयवासीहरूले विद्यालयमा नियमित पठनपाठन, शिक्षकको जिम्मेवारी र विद्यार्थीको शैक्षिक वातावरणमा प्रभावकारी सुधार नगरेसम्म नतिजामा ठूलो परिवर्तन आउन कठिन हुने बताएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

