Rashtriya Dainik

देवेन्द्रराज कँडेलको प्रश्न : दार्चुला घटनाबारे संयुक्त टोली किन बनेन ?

काठमाडौं : सांसद देवेन्द्रराज कँडेलले दार्चुला घटनाबारे नेपाल भारत संयुक्त छानबिन टोली किन गठन नगरेको भन्दै प्रश्न गरेका छन्।

मंगलबार संघीय संसदमा बाेल्दै सत्ताधारी दलका सांसद कँडेलले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न गर्दै भने, ‘सीमाको विवादित घटनामा भारत र नेपालको संयुक्त टोली बताउनुपर्थ्याे। भारतले नै खोजी गरेको छ भनिएको छ। भारतले नै आफैँ दोषी भनेर भन्ला?’ 

महाकालीमा तुइन तर्ने बेला दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर गत शुक्रबार बेपत्ता भएका थिए। दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेपछि धामी बेपत्ता भएकाे प्रत्यक्षदर्सीले बताएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित