Rashtriya Dainik

“प्रश्न युवाको जवाफ सरोकारवालाको” अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

अर्जुन शाह/श्रवण १७ गते/जनकपुरधाम
धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा न.२ कदम चोक स्थित एस.एम. कोचिङ एण्ड कम्पुटर सेन्टरको सभाहलमा प्रश्न युवाको जवाफ सरोकारवालाको” नाराको साथ युवासंग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएकाे छ।
राष्ट्रिय युवा परिषद अन्तर्गत गठित प्रदेश युवा संजाल ,प्रदेश न.२ द्धारा आयोजित गरिएको थियाेप्र। देश युवा सञ्जालका अध्यक्ष श्याम शाहकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य पर्मेश्वर साह , विशिष्ट अतिथीमा एस.एम. कोचिङ सेन्टरका संस्थापक संताेष कारक रहनुभएकाे थियो ।
सहभागी युवाहरुले पुर्बाधार ,स्वास्थ्य ,शिक्षा लगायात राजनितिमा युवाको भुमिका बिषयमा केन्दृत रहेर प्रदेश सांसद र अतिथीबर्गहरु संग अन्तरक्रिया तथा छलफल गरेका थिए। युवाले उठाएका प्रस्नको जवाफ प्रमूख अतिथी समेत रहेका साहले सम्बोधन गरेका थिए।
कार्यक्रम बिच संजालका नवगठित सम्पूर्ण पदाधिकारीहरु सफत ग्रहण गरेका थिए ।
नवगठित संजालका पदाधिकारीलाई प्रमुख अतिथी र अतिथीवर्गहरुले अबिर ,खादा ,फुलमाला र ब्याच लगाइदिएर सम्मान गरेका थिए। त्यसै गरि नवगठित संजाललाई मायाको चिनो स्वरुप एस.एम. कोचिङ सेन्टरको तर्फबाट राष्ट्रिय युवा परिसद लेखिएको टिसर्ट उपलब्ध गराएका थिए ।
कार्यक्रमको दोश्रो चरणमा सहभागी युवाहरुले परिषदका प्रतिनिधिहरुसङ्ग राष्ट्रिय युवा परिषद बारेमा विविध विषयहरुमा छलफल गरेका थिए। कार्यक्रम संचालन युवा विद्यार्थी सुस्मिता लाभले गरेकि थिइन।
कार्यक्रममा युवा, बिध्यार्थी ,राजनितिकर्मि ,पत्रकार , प्रदेश संजालका ८ ओटै जिल्लाका प्रतिनिधि लगायत करिब पचास जना सहभागी रहेको थियो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित