Rashtriya Dainik

समाजबादी युवा संघको पदाधिकारी बैठक काठमाडौमा सम्पन्न

१६ साउन
समाजबादी युवा संघको अध्यक्ष मा.योगेन्द्र राय यादवको अध्यक्षतामा र सह-ईन्चार्ज जसपा केन्द्रीय सदस्य फिरोज मन्सुरको प्रमुख आतिथ्यमा बालकुमारी पार्टी कार्यलयमा सम्पन्न भएको छ । बैठकले गरेको निर्णयहरू कार्यान्वयन गर्न गराऊन तत्कालीन समायोजन कार्यदल, प्रदेश ईन्चार्ज, हस-ईन्चार्ज, केन्द्रिय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रिय सदस्य, प्रदेश कमिटि, जिल्ला कमिटी, नगरकमिटिलाई सरकुलर सम्प्रेषण गरिएको छ।
समाजबादी युवा सॅघको केन्द्रीय कार्यालय नियमित सॅचालन गर्नका लागि सॅघको बरिष्ठ उपाध्यक्ष हेमन्त राईको संयोजकत्वमा र उपाध्यक्ष दिपक महतो, उपमहासचिव दिलिप पटेल सहित ३जनालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
पार्टीको बिभिन्न तहमा युवाको प्रतिनिधित्व गर्न गराऊनका लागी पहल गर्ने निर्णय गरिएको छ । यसका लागि सामुहिक निर्णयबाट क्षमता र सक्रियताको आधारमा युवाहरूलाई पार्टी सॅघिय परिषद् र केन्द्रीय कमिटी, बिभाग समेतमा प्रतिनिधित्व गराऊने निर्णय गरिएको छ।
नेपाल सरकारको जसपाबाट बन्ने मन्त्रालयको सचिवालयमा युवाहरूको प्रतिनिधित्व गराऊने निर्णय गरिएको छ भने समाजबादी युवा संघ केन्द्रीय कमिटीको बैठक २०७८ साल भदौ महिना ८ र ९ गते गण्डकी प्रदेश सुन्दर पोखरामा गरिने निर्णय गरेको छ ।
गण्डकी प्रदेशको युवा फोरम र युवा शक्ति बिच ९ गते समायोजन गर्ने साथै समाजबादी युवा संघमा समायोजन बाकि रहेको प्रदेश, जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, गाऊपालिका, वार्डहरूको समायोजन गर्ने र सॅगठनलाई चलाएमान बनाऊने निर्णय गरेको छ ।
गौरवशाली सॅगठन समाजबादी युवा संघको वडा सम्मेलन, गाऊपालिकामा, नगरपालिका, महानगरपालिका, उपमहानगरपालिका, जिल्ला र प्रदेश समेलन गर्दै राष्ट्रिय समेलन अगामि ६ महिना भित्र गर्ने र सम्मेलनको मिति, स्थान पार्टी सॅग समन्वय गरेर अगामि बैठक द्धारा तोकिने निर्णय गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित