Rashtriya Dainik

बसपार्क क्षेत्रमा व्यापक यौन धन्दा, स्थानीय प्रहरी प्रशासन मुखदर्शक

रंजित चौरसिया,पर्सा १७ श्रावण । पर्सा जिल्लाको बसपार्क क्षेत्रमा व्यापक यौन ब्यवसाय धन्दा बढेपनी स्थानीय प्रहरी चौकी मोटो रकमको नजराना बुझे पश्चात् मौन रहेको देखिन्छ । शान्ती सुरक्षा कायम गर्नको निम्ति जिल्ला प्रहरी कार्यालय पर्साले बसपार्क क्षेत्रमा प्रहरी नायब निरीक्षक दिपक गुप्तालाइ पठाएपनी आफ्नो वर्दीको दम्भमा सो क्षेत्रबाट मासिक लाखौ रूपैया नजराना बुझे पश्चात् यौन ब्यवसाय धन्दा मौलाउदै गएको हो ।
प्रहरी चौकी बसपार्कको जिम्मेवारी प्रहरी नायब निरीक्षक दिपक गुप्ता पाउनसाथ केही दिन व्यापक कडाइ गरे पश्चात् हालको समयमा उक्त क्षेत्रबाट रकमी चन्दा आतन्क मचाएको बुझिन्छ । शान्ती सुरक्षामा खटिने प्रहरी पसल पसलबाट रकम उठाउनुको साथै यौन ब्यवसाय धन्दामा सन्लग्न ब्यक्तीहरू सङ्ग मासिक रकम उठाएकै कारण पुन: यौन ब्यवसाय धन्दा मौलाएको स्थानीयहरूले बताएका छन ।
प्रत्येक दिन साझ प्रहरी चौकी बसपार्कका प्रहरी नायब निरीक्षक दिपक गुप्ताले आफै सादा पोशाकमा खटी सबै पसलहरूमा धाउने गरेको र त्यसको भोलि पल्ट सो क्षेत्रमा बोलाइ रकम उठाउने गरेको प्रहरी श्रोतले जनाएको छ । एक जना श्रोतका अनुसार मदिरा पसलदेखि यौन ब्यवसाय गर्नेहरूसम्म मासिक ३ हजारदेखी ८ हजारसम्म उठाउने गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले सो क्षेत्रमा कडाइ गर्न निर्देशन दिएपनी आफ्नो वर्दी र पावरको गलत प्रयोग गर्दै प्रहरी नायब निरीक्षक दिपक गुप्ताले मासिक ३ देखि ४ लाख रूपैयासम्म उठाउने गरेको श्रोतले दाबी गरेको छ । बसपार्कको विभिन्न होटेलहरूको साथ साथै पसलहरूमा समेत यौन ब्यवसाय धन्दा मौलाएपनी माथिल्लो निकायको ध्यान नजानु बिडम्बनाको बिषय बनेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित