१७ साउन, काठमाडौं । वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको भन्दै प्रदर्शन गरेका छन् ।
आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको भन्दै कर्मचारीले वीर अस्पतालभित्रै प्रदर्शन गरेका हुन् ।
आफूहरुले प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमसँग रोकिएको भत्ता माग्दा प्रहरीले हस्तक्षेप गरेको भन्दै कर्मचारीले नाराबाजी पनि गरेका छन् ।

कर्मचारीको प्रदर्शनका कारण वीर अस्पतालमा प्रहरी परिचालन गरिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

