Rashtriya Dainik

बझाङ सार्वजनिक यातायातमा छड्के अनुगमन

उत्तमकुमार थापा

जिल्लामा रहेका सार्वजनिक यातायातमा अनुगमन गरेको छ ।

बझाङ जिल्लामा रहेका सार्वजनिक यातायातमा अनुगमन गरिएको हाे । अाज प्रमुख जिल्ला अधिकारी महन अधिकारी डिएसपी रुपक खड्का शस्त्र डिएसपी सहितको सयुक्त अनुगमन टाेली जिल्लाकाे सिमखेत ट्राफिक चेकपोस्टमा छड्के अनुगमन गरेकाे जिल्ला ट्राफिक कार्यालय प्रमुख चक्र बहादुर मल्ले बताए ।

काेभिड १९ काे समयमा सार्वजनिक यातायातले चाहेभन्दा बढी भाडा लिने गरेको जनगुनासाे अाएपछि एक्कासि प्रमुख जिल्ला अधिकारी सहितको टाेलीले छड्के अनुगमन गरेको थियाे । ट्राफिक कार्यालय सिमखेतमा धनगढी जाँदै गरेको बस छड्केमा परेपछि सिडियाे अाफै बस भित्र गएर यात्रुहरु र ड्राइभर विच कुराकानी गर्नुभएको हाे । सुदुरपश्चिम प्रदेशको धनगढी जाँदै गरेको बसमा ४० जना यात्रु बाेकेकाे बसले १३ सय भन्दा बढी भाढालिएकाे भेटाए पछि तत्काल कार्वाही गरिएको र सबै यात्रुलाई ४०९ रुपैयाँ तुरुन्तै फिर्ता गराउदै गाडी धनगढी पठाएको डिएसपी रुपक खड्काले बताए ।

प्रमुख जिल्ला अधिकारीले भने,बझाङ जिल्ला भित्र र बाहिरी चल्ने सार्वजनिक यातायातमा भाडादर बढी लिएकाे भेटिएकोले सबै सचेत रहन अनुराेध गरिएको छ । यदी कसै बाट यस्तो काम हुन गएमा तुरुन्तै प्रहरी कार्यालय तथा अाफुलाइ जानकारी गराउन अनुराेध गर्नुभएको थियाे । छड्के अनुगमनले यात्रुलाई सहज सहित महङ्गो भाडा तिर्न बाट बञ्चित भएको र कानुन रहेको महसुस भएको यात्रुको भनाइ छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित