नन्दु यादव,बिनोद निगम/ नवलपरासी/ २२ असार ।
विगत लामो समय देखि सीमा विवाद रहेको पश्चिम नवलपरासी जिल्लाकाे सुस्ता गाउपालिकाको समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय नवलपरासी मार्फत अर्थ मन्त्रालयलाई ज्ञापन पत्र बुझाएकाे छ ।
सुस्ता बौद्धिक समाज नेपाल सुस्ता गाउपालिका वडा नं ३ का केही भाग र वडा नं ४ का केही भाग भारतकाे गुगल म्यापमा राखिएकाेले तत्काल गुगल म्याप बाट हटाउनुपर्ने, बैकको लगानी नियमावली वा लगानी मापदण्ड संशोधन गर्नू पर्ने ,सिमाना देखि तीन किलाेमिटर सम्मकाे किसान उद्याेगीहरुलाई बैकबाट लगानिकाे वाताबरण मिलाउनुपर्ने लगायतको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएकाे छ।
सुस्ता बौद्धिक समाज नेेपालका अध्यक्ष हरिलाल दुसाध अनूसार सुस्ताका जनता यी सबै कुराबाट वञ्चित रहदा सम्म सुस्ता विकास हुन न सक्ने बताउँदै तत्काल यसको पहल गर्नू पर्ने बताएका छन्।
यस अघि पनि सुस्ताको सीमा रक्षाको माग राख्दै २५ महिला सहित ६० जना काठमाडौं गएर लगभग एक २० दिन धर्ना दिएका थिए। सुस्ता क्षेत्रको भू–भाग नापी नक्सा गरी जग्गाधनी पुर्जा वितरण गर्नुपर्ने लगायतको माग गरेका थिए। तत्कालीन ४ जना मन्त्रीलाई भेटी ज्ञापन पत्र समेत बुझाएको थियो भने प्रधानमंत्रीलाई भेट्न खोज्दा प्रधानमंत्री केपी शर्मा ओली सुस्ता बासी संग भेट्न समेत मानेका थिएनन्।

विगतको सुस्ता विवाद
सुस्ताको ४० हजार ९८० हेक्टर जमिनमध्ये १४ हजार पाँच सय हेक्टर जमिन भारतले अतिक्रमण गरिसकेको छ ।
बाँकी १९ हजार ४८० हेक्टरमा समेत भारतीय पक्षले नेपाललाई जोतभोग गर्न रोक्दै आएको छ ।
२०२५ सालमा सुस्तामा पञ्चायत कार्यालय, स्कूल, हुलाक कार्यालय, प्रहरी चौकीलगायत कार्यालय स्थापना गरी प्रशासनीय काम शुरु भएको थियो ।
२०२७ सालमा नापी विभागले सुस्ताको नापी नक्सा गर्दा भारतीय प्रहरी प्रशासनले नापीका कर्मचारी पक्राउ गरेको थियो । उनीहरूलाई भारतको चम्पारनस्थित बेतिया जेल चलान गरी एक वर्षपछि जमानतमा रिहा गरिएको थियो ।
नेपाल–भारत दुवैको सहमतिमा ०२९ सालमा सुस्तामा नापी गरी ५५६ बिघा जमिनको जग्गाधनी प्रमाणपत्र वितरण गरिएको थियो । तर, ०६२ सालदेखि भारतले निरन्तर सुस्तामा अतिक्रमण शुरु गरेको छ । त्यसपछि सुस्तामा सीमा सर्वेक्षण भएको छैन । सुस्ताको २६ किलोमीटर क्षेत्रको नक्सा छैन ।

हाल चितवनको सुमेश्वर पहाडसम्म सीमा स्तम्भ गाडेर नम्बर दिइएको छ । तर, सेमरा, रामपुर चोक, मदनपुर दुर्गा मन्दिर र सुस्ता क्षेत्रमा चारवटा स्तम्भ गाडिए पनि नम्बर नरहेको स्थानीय बताउँदछन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

