Rashtriya Dainik

बैन्कमा आन्दोलन नगरी बसपार्कमा आन्दोलन गरे बैंकका कर्मचारी

पर्सा, २१ असार / पर्सा जिल्लाको सदरमुकाम तथा बिरगंज महानगरपालिका भित्र रहेका बैन्कका कर्मचारीहरूले समाजिक सुरक्षा भताको बिरूधमा गरेको आन्दोल बैन्कमा नगरी पूरानो बसपार्कमा गरेको पाइएको छ । आफ्नो माङ्ग प्रती गम्भीर हुन भन्दै गरिएको आन्दोलन बिरगंजको पूरानो बसपार्कमा गरिएको थियो ।
आ-आफ्नो पहुचको दम्भ बताउदै बैन्करहरूले गरेको आन्दोलनमा केही तुछ मनोवृत्ति मान्सिक्ता बोकेकाहरूको पनि सकृयता रहेको बुझिन्छ । बैन्करहरूले केही बिचौलियाको माध्यमले आफ्नो प्रचार प्रसार गर्नको निम्ति पत्रकारको नाममा रकम समेत दिइएको बुझिन्छ । आफ्नो प्रचार प्रसार गर्नको निम्ति पत्रकारहरूको नाम बापत २० हजार रकम दिएको खुल्न आएको हो । प्राप्त समाचार अनुसार बैन्कको कर्मचारी आन्दोलन गर्दा बैन्कको अगाडी गर्नु पर्ने हो तर बिचौलियाको आदेश र सुझावमा पूरानो बसपार्कमा आन्दोलन गरिएको बुझिन्छ ।
सामाजिक सुरक्षा कोष ऐन नियमावली तथा कार्यविधिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरूले संयुक्त रुपमा पेश गरेका सुझावहरूको सम्बोधन नगरिएकोले आफुहरु विरोधमा उत्रिएको वीरगञ्ज बैंकर ग्रुपका अध्यक्ष नितेश खड्कीले बताएका थिए । तर अध्यक्ष खडकीले यस्तो जानकारी दिनको लागि बिचौलियालाइ रकम खुवाए बापत उनको भनाइमा समेत प्रश्न चिन्ह खडा भएको देखिन्छ ।
यता बैन्करहरूले दिएको रकमको बिषयमा बैन्ककै कर्मचारीले आफ्नो नाम नछाप्ने सर्तमा बताएका छन । उनका अनुसार आइतवार साझ बिरगंजमा मदिराको पार्टी गरि २० हजार रकम दिइएको बताए । चुन्द्रे मुन्द्रेको नामले प्रसिद्ध रहेको बिचौलियाले २० हजार रकम लिए पश्चात् प्रचार प्रसारमा सहयोग पुर्याएको बताइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित