रंजीत शर्मा ,ज्ञानेश्वर सहानी/नवलपरासी ,२१ असार
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको सहयोगमा सिचाई कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा पम्पसेट तथा विधुति मोटर वितरण गरिएको छ ।
रामग्राम नगरपालिकाका नगर प्रमुख नगेन्द्र गुप्ताको प्रमुख आतिथ्यतामा सो नगरपालिकाका वडा न.१ देखि १८ का गरि २६ जना किसानहरुलाई ५० प्रतिशत अनुदानमा उक्त कृषि यन्त्रहरु वितरण गरिएको हो ।

रामग्राम नगरपालिकाकाले कृषिमा आधुनिकरण गर्न र कृषकहरुलाई व्यवसायिक बनाउन नगर भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । एक अनौपचरिक कार्यक्रम बिच कृषक र समुहहरुलाई नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले कृषि उपकरण वितरण गर्दै यसको भरपुर उपयोग गरि उत्पादनमा बृद्धि गर्न कृषकहरुलाई आग्रह समेत गर्नु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गुप्ताले यो यन्त्रहरु पाएका किसानले यसलाई घरमै नथन्काई यसको भरपुर लाभ लिई व्यवसायिक कृषि खेती गर्ने र बढि बढिभन्दा बढि उत्पादन गरि आय आर्जनलाई मजबुद बनाउन सुझाव दिनु भएको छ ।

वितरण गरिएको उपकरणमा १८ पिस पम्पसेट तथा ८ पिस विधुति मोटर लगायतका उपकरणहरु रहेको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थीले जानकारी दिनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

