Rashtriya Dainik

जि पि कोइराला फाउन्डेसन पर्साद्वारा बिरगंजमा रक्तदान

सन्जु छत्कुली बिरगंज असार २१ गते सोमबार
जी.पी कोईरनला फाउण्डेशन पर्साले नेपालका पुर्व प्रधानमन्त्रि स्व गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तिको अवसरमा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

GPकोईराला फाउण्डेशन पर्सा द्वारा स्व गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको फाउन्डेसनका अध्यक्ष मोहम्मद साहबुदिन्ले बताएका छन ।

वीरगंज शाखामा रगतको अभाव भएकोले G p कोइरा फाउन्डेसनले जन्मोत्सवको अवसर मा अकास्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको ब्ताईएको छ ।
कार्यक्रमको अध्यक्षता मोहमद साहबुदिन्ले गरेका थिए भने प्रमुख अतिथि वीरगंज महानगरपालिकाको उप प्रमुख शान्ति कार्कीले सो कार्यक्रम को उद्घाघाटन गर्नु भएको थियो ।

कार्यक्रममा एक महिला सहित ६० जनाले रक्तदान गरेका कार्यक्रम का अध्यक्षले बताए ।

अतिथिमा नेपाली काग्रेंस पर्साका उपसभापति दिना प्रसाद गुप्ता,प्रकास उपाध्याय,वीरगंज महानगरपालिका वडा नं ६ का वडाध्यक्ष ध्रुव नेपाल,श्याम कुमार पोख्रेल,नरेन्द्र साह,विजय पौडेलको आतिथ्यमा फाउण्डेशनका सन्तोष सिहं, दिलिपराज कार्की,जितेन्द्र सिहं,मेहबुब अली (शेरु) हाजी शोहेल अख्तर अंसारी,हुकुम सिहं,शेख नेजामुदिन , भैयाराम पटेल,पुरुषोतम दुवे, लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित