Rashtriya Dainik

उद्योगपति चौधरी र नेता कण्डेल सहितको टोलीद्धारा नवलपरासीका बाढि प्रभावित क्षेत्रको निरिक्षण

उमेश बि.क/ नवलपरासी, २० असार

नेपालका प्रतिष्ठित उद्याेगपति एवं कांग्रेस नेता माननीय बिनोद चौधरीले अाइतबार पश्चिम नवलपरासीको विभिन्न ठाउँकाे अवलोकन गर्नुभएको छ ।

नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलकाे नेतृत्वमा नेपालका प्रतिष्ठित उद्याेगपति एवं माननीय बिनोद चौधरीले नवलपरासीकाे बाढी प्रभावित क्षेत्र तथा जिल्लाका नेतृत्व बर्गसंग भेटघाट तथा छलफल गर्नुभएको हाे ।

निरिक्षणकाे क्रममा सुस्ता गाउँपालिकाकाे नर्शही १५ न. ठोकर लगायत क्षेत्रको अवलोकन पश्चात् सुर्यपुरा हुँदै भुजहवा बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको हाे ।

प्रतिष्ठित उद्याेगपति तथा माननीय चाैधरीकाे स्थलगत अनुगमनले स्थानीयबासि खुशि हुदै समग्र क्षेत्रकाे समस्या अवगत गराउदै नवलपरासीमा अाैद्योगिक काेलिडाेर निर्माण गरि युवाहरुलाई ब्यवसायिक बनाउनका लागि अपिल गरेका हुन ।

स्थानीयबासिकाे समस्या बुझ्दै प्रतिष्ठित उद्याेगपति तथा माननीय चाैधरीले सुस्ता र सरावलकाे समस्या विभिन्न माध्यमबाट सुनेतापनि प्रत्यक्ष अवलाेकन गर्ने याे ठुलाे अवसर रहेकाे बताउनु भएको थियो । नेपाली जनताले विकासलाई केन्द्रविन्दुको रुपमा देख्न चाहेको हुदा राजनितिका लागी राजनिति नगरि नेपाली कांग्रेसले विकासको राजनिति गर्ने खालको सन्देश दिनुपर्ने बताउदै आफुले पार्टीलाई राम्रो र सक्षम बनाउनका लागी सक्रिय रुपमा लाग्दै विकासको एजेण्डा बोक्नेलाई सहयोग गर्ने बताउनुभयो । नेपाली राजनीतिकमा देबेन्द्रराज कण्डेलप्रती रहेको सम्मान देख्दा अाफु छक्क रहेकाे कुरा ब्यक्त गर्दै अाफु नेपाली काङ्ग्रेसको सच्चा सिपाहीकाे सरह सबै ब्यक्तिसंग भेटघाट परिचय र सबैकाे मनाेभावना बुझ्न लागिरहेको बताउदै अासन्न महाधिवेशनमा अाफु कुन रुपमा याेगदान दिन पर्छ त्याे निर्णय पार्टीका नेता एव पार्टीका कर्मठ साथीहरूले गर्ने हुन । वहाँहरुकाे मान्सिकता बुझ्दै अाफुमा लागेकाे कुरा भन्ने बताउदै वहाँहरुकाे निर्देशनमा अाफु अगाडि बढ्ने प्रतिब्द्धता ब्यक्त गर्नुभएको थियाे । सुस्ता र सरावल क्षेत्र अवलोकन गराउन सहयोग गर्ने कण्डेल प्रती धन्यवाद ब्यक्त गर्दै नवलपरासीको वस्तुगत अवलोकनबाट अाफुले धेरै कुरा देख्न सिक्न माैका पाएकाे बताउदै याे अवसर र स्नेहप्रती सबैमा धन्यवाद ब्यक्त गर्नुभएको थियाे।

त्यस्तै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कण्डेलले नेपालका प्रतिष्ठित उद्याेगपति एवं माननीय बिनोद चौधरीले मेचीदेखि महाकाली सम्म सहयाेग गर्दै अाइरहेकाे बताउदै समाजमा हजारौं मानिसलाई राेजगार प्रदान गर्नु भएको बताउनु भएको हाे । वहाँबाट अनेकौं परिवार अगाडि बढी राखेको छन। उद्योगले धेरै टेवा पुगाएकाे र उद्योगले गर्दा धेरै ठाउँको बिकास भएको छ । साथै साे क्षेत्रमा राेजगारीकाे समस्या समाधान भएको बताउदै युवाहरुकाे बेरोजगारीकता हटाउनलाई नवलपरासीमा उद्योगहरु सन्चालन गर्नुपर्ने अाग्रह गर्नुभएको हाे। आफ्नो उम्मेदवारीको बारेमा बताउदै विघटित संसदका संघिय सांसद समेत रहेका कण्डलले पार्टीले आवश्यक ठानेमा आफु जुन पदमा समेत उम्मेद्वारी दिएर पनि पार्टी पंक्तीलाई सहयोग गर्न तयार रहेको बताउदै नेपाली काङ्ग्रेसको सम्पूर्ण कार्यकर्तालाई सक्रियताका साथ पार्टीमा लाग्न अनुरोध गर्नुभएको हाे ।

बाढी प्रभावित क्षेत्र तथा जिल्लाका नेतृत्व बर्गसंग भेटघाटका क्रममा नेपाली काङ्ग्रेस जिल्ला सभापति विष्णु पाैडेल , उपसभापति अनिल कुमार गाैड ,प्रदेशसभा सदस्य बैजनाथ जैसवाल ,जिल्ला समन्वय समिति सदस्य शिव शंकर राय, नेपाली काङ्ग्रेस संगठन विभाग सदस्य माेहन प्रसाद शर्मा ,केन्द्रीय शिक्षा विभाग सदस्य राधेश्याम पाठक, सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी , उपाध्यक्ष उत्तमा राय , रामग्राम नगरपालिका उपमेयर रम्भा कुवर, नेपाल महिला संघ जिल्ला सभापति कमला पराजुली ,बर्दघाट सभापति सम्भु श्रेष्ठ , सरावल सभापति बिनाेद पाण्डेय लगाएत कांग्रेसका जिल्ला नेतृत्वका पदाधिकारी, पार्टीका क्रियाशिल सदस्य, शुबेच्छुक लगाएत पत्रकारको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित