Rashtriya Dainik

किशोरीहरुलाई हाइजीन किट वितरण

महिनावारी किशोरी एवम् महिलाहरुको नियमित अनि प्राकृतिक प्रक्रिया हो । तर प्राकृतिक प्रक्रियाको बारेमा खुलेर कुरा गर्ने अवस्था हाम्रो समाजमा अँझै भइसकेको छैन । अँझ किशोरीहरुले महिनावारीको समयमा आफ्ना अभिभावकहरुलाई बताउन र आवश्यक सामाग्रीको जोहो गरिदिन पनि अप्ठ्यारो मानीरहेका हुन्छन् ।

तसर्थ यस्तै असहज अवस्थालाई मध्यनजर गर्दै युवालयले वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीका ३० जना किशोरीहरुलाई हाइजीन किट वितरण गरेको छ । युवालयका अध्यक्ष सन्तोष महर्जनको नेतृत्वमा उदयपुरघुर्मी पुगेको युवालयको टोलीले सो टोलका किशोरीहरुलाई प्याड ४ पिस, कपडा धुने र नुहाउने २÷२ पिस साबुन, नैल कटर १ पिस, सेनिटाइजर १ पिस, पियुष १ पिस, मञ्जन १ पिस, १ पिस रुमाल लगायतका सामाग्री वितरण गरेको हो ।

बालबालिका, किशोरी, गर्भवती एवम् सुत्केरी महिलाहरुलाई विशेष प्राथमिकता दिएर उनिहरुको क्षेत्रमा युवालयले काम गर्दै आइरहेको संस्थाका अध्यक्ष महर्जनले बताए । किशोरीहरुलाई हाइजीन किट वितरण गर्दै युवालयकी लेखा तथा प्रशासन प्रमुख नितु ढंगोलले महिनावारीको समयमा व्यक्तिगत सरसफाईमा ध्यान दिन आग्रह गरिन् ।
डि के ए अष्ट्रियाको सहयोगमा हाइजीन किट वितरण गरिएको युवालयका बोर्ड सदस्य जया साहले जानकारी दिए । वीरगञ्जका अन्य वडाहरुमा पनि शैक्षिक सामाग्री एवम् अन्य राहत सामाग्री समेत वितरण गर्दै आएको युवालयले आगामी दिनमा पनि सामाजिक क्रियाकलापलाई निरन्तरता दिने बालअधिकारकर्मी समेत रहेका साहले बताए ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ की वडा सदस्य रमिला खातुन, उदयपुरघुर्मी स्वास्थ्य चौकीका प्रमुख कृष्णचन्द्र प्रसाद साह, स्वयमसेवक विकास साह लगायतको उपस्थितीमा हाइजीन किट वितरण गरिएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित