Rashtriya Dainik

सियारीमा स्वास्थ्यकर्मीहरुको लागि नाक ,कान ,घाटी सम्बन्धि अभिमुखिकरण

तुलसी राम पौडेल /सियारी, असार २०
रुपन्देहीको सियारी गाउपालिका अन्तरगत स्वास्थ्यकर्मीहरुको लागि आधारभुत तथा आकस्मिक सेवा अन्तरगतका नाक ,कान , घाटी तथा मुख स्वास्थ्यसम्बन्धी प्राथमिक उपचार बारे अभिमुखिकरण सियारी गाउपालिकामा सम्पन्न भयो।
सियारीबासीलाई स्वास्थ्यसेवामा सहज हुनको लागि अर्थात नाक ,कान ,घाटी ,मुखको समस्याको लागि टाढा धाउन नपोरोस भन्ने उद्देश्यले सियारी गाउपालिकाको आयोजनामा गाउपालिका अन्तरगतका स्वास्थ्यकर्मीहरुलाई दुइ समुह गरी नाक ,कान, घाटी मुख संबंधित आधारभुत तथा आकस्मिक उपचार बारे तालिम दिइएको हो ।
तालिम एवं अभिमुखिकरण कार्यक्रममा पृथ्वी चन्द अस्पताल नवलपरासीका नाक कान घाटी विशेषज्ञ डाक्टर मधुसूदन श्रेष्ठले प्रशिक्षण एवं सहजीकरण गर्नुभएको थियो।
गाउपालिका योजना शाखा प्रमुख रोमलाल पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित