Rashtriya Dainik

सरावलमा ५०% अनुदानमा फलफूलकाे बिरुवा वितरण

उमेश बि.क/ नवलपरासी ,१९ असार

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा फलफूलकाे विरुवा वितरण गरिको छ । पालिका भित्रका किसानहरुलाई ५०% अनुदानमा फलफूलकाे बिरुवा वितरण कार्यक्रम अाज देखि सुरु भएको छ ।

गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरिकाे र प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेल लगाएतकाे उपस्थितिमा पालिका भित्रका किसानहरुलाई फलफूलकाे बिरुवा वितरण कार्यक्रम सुरु गरिएको छ ।

मानवजिवनमा शुद्धअाक्सिजन र फलफूलकाे अावश्यक्ता परिरहेको बताउदै उक्त अावश्यक्ता परिपुर्ति गर्न र शुद्ध अक्सिजन तथा फलफुल खान समेत सहयोग मिलाेस भनेर फलफूलकाे विरुवा वितरण गरिएको अध्यक्ष चाैधरिले बताएका हुन ।
साथै उहाँले किसानहरुलाई सधै साथ सहयोग गर्ने बताउनुभएको हाे ।

फलफूलकाे विरुवामा साेन काग्दि १३०० सय , अाप १५०० सय , लिच्चि १००० हजार ,कटहर १००० हजार लगाएतकाे विरुवा करिब ४ लाखकाे फलफूलकाे विरुवा वितरण गरिने कृषि शाखा प्रमुख कुलदिप मिश्रले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित