तुलसी राम पौडेल /फर्साटिकर, असार १८
रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित असल बचत तथा ॠण सहकारी लिमिटेडद्वारा
मृत्यु भएका शेयरदस्य दुइ जनाका प्रत्येक घरपरिवारलाई क्रिया खर्च सहयोग अन्तरगत ५० हजार रुपैयाँ सहयोग गरेको छ।
सहकारीले शुक्रबार आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मृत्यकका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।
असल बचत तथा ॠण सहकारी सस्थाका अध्यक्ष बालकृष्ण पराजुलीले मृत्यक शेयर सदस्य निलकण्ठ खनालकी धर्मपत्नी उषा पाण्डे र मृत्यक शेयर सदस्य देव प्रसाद शर्माकी धर्मपत्नी पुनादेवि शर्मालाई ५० हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा सस्थाका पुर्व सचिव तथा हाल शिक्षा समिति सदस्य दिपक काफ्लेले मृत्यकको जिवनि सुनाउनु भएको थियो ।
सस्थाका अध्यक्ष बालकृष्ण पराजुलिको अध्यक्षता, कोषाध्यक्ष सालिकराम बस्यालको स्वागत मन्तव्य ,सस्थापक अध्यक्ष मधु प्रसाद खनालको मन्तव्य रहेको कार्यक्रमको संचालन सस्थाका सचिव हेमन थापाले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

