Rashtriya Dainik

पकहामैनपुर गा.पा अध्यक्ष बिजय चौरसियाले डुबान पिडितहरुलाई राहत बितरण गरे

राजन कुमार बानिया/पर्सा १८ असार
पर्साको पकहामैनपुर गाउँपालिका अध्यक्ष बिजय चौरसियाले अाफ्नो जानको बाजि लगाए अाफ्ना गाउँपालिकाको जनताहरुको लागी अाफै जिव धनजनको सुरक्षा र राहतको लागि कमर कसेर लागि परेका छन। तराई क्षेत्रमा लगातार परिरहेको अबिरल वर्षाको कारण खोलाहरुमा अाएको बाढिले गर्दा पकहामैनपुर गाउँपालिकाको सबैठवा, धोबिया टोला ,लहावरथकर ,धोरे लगायत स्थानमा डुबानमा परेका जनताहरुको लागि अाफै राहत लिएर पुगि र साथै नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको टोली लिएर राहत बितरण गरेका छन। अध्यक्ष चौरसियाले अाफ्नो जानको बाजि लगाएर अाफ्ना गाउँपालिकाको जनताहरुको दुख शुखमा अाफु त्यार रहेको बताए । साथै बाढि प्रभाबित क्षेत्रका जनताहरुलाई जनधानको सुरक्षामा सतर्कता अपनाउन अाग्रह समेत गरे। अध्यक्ष चौरसिया र गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत रमेस सुवेदी साथै रेडक्रसको टोली गाउँ गाउँमा पुगी डुबानमा परेका डुबान पिडितहरुलाई १७० घर परिवारहरुलाई एक बोरा चामल ,चिउरा ,मिठा ,लगायत खद्यान समाग्रीहरु बितरण गरेका छन। राहत बितरण टोलीमा वाडअधयक्ष मदन साह, नेपाल रेडक्रस सोसाइटी पर्साको टिम र सचिव रामबहादुर साह, लगायत स्थानियहरुको सहभागिता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित