महेश यादव/ नवलपरासी ,१८ असार
पश्चिम नवलपरासीको सरावलमा किसानहरुलाई बाख्रा वितरण गरिएको छ । सरावल गाउँपालिका वडा नम्बर ३ पटनीका बाख्रा पालक किसानहरुलाई बाख्रा वितरण गरिएको हाे ।
सगम बाख्रा पालक कृषक समुहको अध्यक्ष साेमकान्ति चाैधरिकाे अध्यक्षता र सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरिकाे प्रमुख अतिथिता तथा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलकाे विशिष्ट अतिथतामा अाज एक कार्यक्रमका बिच किसानहरुलाई बाख्रा वितरण गरिएको हाे ।

प्रधानमन्त्री कृषि अाधुनिकरण परियोजना अन्तरगत बाख्रा पकेट क्षेत्र कार्यक्रमकाे लागि बाख्रा खाेरसुधार , उन्तजातकाे बाेका र पाठि वितरण गरिएको हाे । बाख्रा पालक किसानहरुलाई करिब १५ लाख बराबरकाे बाख्रा वितरण गरिएको पशुसेवा शाखा प्रमुख यम अर्यालले जानकारी दिए ।

सरावल गाउँपालिकाले युवाहरुलाई विदेश पलायन हुन नपराेस भनेर कृषि क्षेत्रकाे विकास गरि स्वदेशमै राेजगारिकाे सिर्जना गर्न र युवा ,महिला, बृद्धविद्धाहरुलाई कृषिमा अात्मनिर्भर बनाउनकाे लागि विभिन्न कृषि कार्यक्रमकाे अायाेजना गरिरहेकाे बताउदै पटनिका बाख्रा पालक किसानहरुलाई बाख्रा वितरण गरिएको पालिका अध्यक्ष राधेश्याम चाैधरिले बताए । उहाले युवा तथा किसानहरुलाई स्वदेशमै काम गरि अाम्दानि गर्न सहज हाेज र दैनिक जीवन अापन गर्न सहयोग मिलाेस भन्ने उदेश्यले बाख्रा पालक किसानहरुलाई बाख्रा वितरण गरिएको बताउनुभएको हाे ।

साे अवस्थामा बाेल्दै विशिष्ट अतिथि पाैडेलले विदेश जानु भन्दा स्वदेशमै राेजगारि गराै भन्ने नाराका साथ सरावल गाउँपालिकाले बाेकेकाे उदेश्य लाई सफल पार्न र बाख्रा पालन गरि स्वदेशमै राेजगारि सिर्जना गर्नकालागि पटनीका बाख्रा पालक किसानहरुलाई बाख्रा वितरण गरिएको बताए ।
कार्यक्रममा सरावल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष भेषनरायण चाैधरि , वडामा नम्बर २ का वडा अध्यक्ष शम्भु चाैभरि वडा नम्बर ३ का वडा अध्यक्ष अणेन्द्र नाथ राय लगाएतकाे अतिथिहरुकाे सहभागी रहेको मा बाख्रा वितरण गरिएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

