Rashtriya Dainik

सरावल गाउँपालिका १९ गते शनिबार खुला रहने

उमेश बि.क / नवलपरासी ,१८ असार

पश्चिम नवलपरासीको सरावल गाउँपालिका तथा वडा १९ गते शनिबार खुला रहने भएको छ।

असार मसान्त नजिकिदै गर्दा कार्यालयमा कामको चाप बढेकाले शनिबार पनि गाँउपालिका खुला रहने र सबै सेवा प्रवाह हुने गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे ।

शनिबार वडा नम्बर १ देखि ७ तथा गाउँपालिका १० बजेदिखि ५ बजेसम्म खुल्ला रहने अध्यक्ष चाैधरीले बताउनु भएको हाे।

पालिका बासिहरुकाे काममा सहजता पुर्याउने उद्देश्यले शनिबार पनि कार्यालय सन्चालनमा रहने प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित