उमेश बि.क / नवलपरासी ,१८ असार
पश्चिम नवलपरासीको सामुदायिक विद्यालयमा कार्यरत बालबिकास र विद्यालय कर्मचारीहरुले आज विभिन्न माग राख्दै स्थानीय पालिकामा धर्ना दिएका छन ।
सामुदायिक विद्यालयमा कार्यरत पालिका स्तरीय बालकाेटा संगठन र नेपाल शिक्षक महासंघ पालिका समिति तथा नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति नवलपरासीको संयुक्त अगुवाइमा नवलपरासीको साताै स्थानीय तहमा धर्ना कार्यक्रम गरिएको हाे।

राज्यले ताेके बमोजिमकाे पारिश्रमिक सुनिश्चित गरियोस तथा काेभिड १९ विरुद्धको खाेपकाे ब्यवस्था हाेस लगाएतकाे विभिन्न माग राख्दै नवलपरासीको साताै स्थानीय तहमा धर्ना गरिएको हाे ।
धर्ना कार्यक्रम अन्तर्गत सरावल गाउँपालिका स्तरीय बालकाेटा संगठन अध्यक्ष पुष्पा चाैधरीकाे नेतृत्वमा सरावल गाउँपालिका ६ बुंदे माग सहित धर्ना कार्यक्रम गरिएको हाे ।
सरावल गाउँपालिका शिक्षा समितिकाे बैठकले कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई यथासिघ्र काेभिड १९ विरुद्धको खाेपकाे ब्यवस्था गरियोस् ,नेपाल सरकारले बजेट मार्फत घाेषणा गरे अनुसार विद्यालय कर्मचारी तथा बाल बिकास स.का.काे सेवासुविधा न्युनतम मासिक तलब १५ हजार कार्यनयन गर्ने र लेखापालकाे लागि थप सुविधा सहित तलब समायोजन गरियोस् ,सरावल गाउँपालिका अन्तर्गत काेभिड संक्रमित कार्यरत शिक्षक तथा कर्मचारीहरुकाे अाैषधि उपचारकाे लागि राज्य काेषबाट ब्यवस्था गरियोस् ,शिक्षक तथा कर्मचारीहरुकाे स्वास्थ्य बिमा गरियाेस ,सरावल गाउँपालिकाका सम्पूर्ण प्र.अ हरुकाे भत्ता न्यायाेचितरुपले बुद्धि गरियोस्, शिक्षक कर्मचारीलाई तलब सहितको भ्रमण काजकाे सुबिधाकाे ब्यवस्था गरियोस् माग सहित एक कार्यक्रम बिच धर्ना सहित काेण सभा गरिएको हाे ।
काेणसभामा शिक्षक महासंघ सरावल गाउँपालिका अध्यक्ष केशवराज चाैधरी ,नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष यार माेहम्मद खान,सरावल गाउँपालिका स्तरीय बालकाेटा संगठन अध्यक्ष पुष्पा चाैधरी लगाएतले शिक्षकहरुकाे न्यायचित मागलाई पालिकाले सम्बाेधन गर्न अनुरोध गर्दै मागेकाे पूरा नभएको अवस्थामा धर्ना कार्यक्रमलाई थप सशक्त बनाउदै अगाडि बढाउने कुरामा जाेड दिइएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

