Rashtriya Dainik

महन्थ ठाकुर पक्षलाई छाडेर राज्यमन्त्री रायमाझीले दिइन् लुम्बिनी प्रदेश सरकारबाट राजीनामा

काठमाडौं- लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएकी छन्।शुक्रबार रायमाझीले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएकी हुन्।

मुख्यमन्त्री शंकर पोखरेललाई आफ्नो दल जनता समाजवादी पार्टीको समर्थन नरहेकोले पार्टीको समर्थन र सहयोग बिना सरकारमा रही निरन्तरता दिन नसक्ने भएकाले पदबाट राजीनामा गरेको उनले पत्रमा उल्लेख गरेकी छिन्।

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षमा रहेकी रायमाझी केही समय अघि अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा लागेर राज्यमन्त्री बनेकी थिइन्। तर पुन: यादव पक्षमा फर्कदै उनले मन्त्रीबाट राजीनामा दिएकी हुन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित