Rashtriya Dainik

कपिलवस्तुको चप्परगाउँमा स्कारपियो दुर्घटनाः २ जना घाइते एकको अवस्था गम्भीर

कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित चप्परगाउँमा स्कारपियो दुर्घटना हुँदा २ जना घाइते भएका छन् । वाणगंगा ८ चप्परगाउँमा आज (शुक्रबार) दिउसो पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा १६ च ८०९८ नम्बरको स्कापियो दुर्घटना भएको हो । स्कारपियो सडकबाट नालामा खसेको छ । दुर्घटनामा रुपन्देहीको ओमसतिया गाँउपालिका निवासी बिक्रम खनाल र बिमल अधिकारी घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पिपराका इन्सपेक्टर दिनेश गुरुङले जानकारी दिनुभयो । उक्त गाडीमा कति सवार थिए र कसरी दुर्घटना भयो भन्नेबारे थप अनुसन्धान भैरहेको गुरुङले बताउनुभयो । दुबै उनिहरुलाई थप उपचारका लागि बुटवल पठाइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित