Rashtriya Dainik

लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्न थाले कोरोनाका बिरामी

केही दिनयता बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । जिल्लामा कोरोना संक्रमित बढ्दै जाँदा फेरि अस्पतालमा बिरामीको चाप बढ्न थालेको कोरोना फोकल पर्सन डा. नन्दु पाठकले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा पछिल्लो पाँच दिनदेखि सक्रिय संक्रमितको संख्या फेरि उकालो लागेको छ । जिल्लामा बुधबारमात्रै ४४ जना नयाँ संक्रमित थपिएका थिए, जुन पछिल्लो १६ दिनयताकै सबैभन्दा धेरै हो ।

संक्रमण बढ्दै गएकाले अस्पतालमा चाप बढ्न थालेको डा. नन्दु पाठकले बताए । अस्पतालमा अहिले १२ जना आइसीयु तथा २६ जना जनरल र एचडीयुमा उपचाररत छन् । यो संख्या एक हप्ताअघिको भन्दा ३० प्रतिशत जतिले धेरै हो । एक साताअघिसम्म आइसीयुमा ७/८ जना र जनरल तथा एचडियुमा १६/१७ जनाको उपचार भइरहेकोमा अहिले अस्पताल आउने बिरामीको संख्या केही बढ्न थालेको हो ।

त्यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा ३६ जनामा संक्रमण पुष्टि भएको छ भने २० जना निको भएका छन् । २२९ जनाको नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १६, तिलोत्तमा नगरपालिकामा १०, देबदह नगरपालिकामा ६, सिद्धार्थ र सैनामैना नगरपलिकामा २/२, ओमसतिया र कञ्चन गाउँपालिकामा १/१ जना, संक्रमित थपिएका हुन् ।

रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट कुनैपिन संक्रमितको ज्यान गएको छैन । जिल्लामा अहिलेसम्म जिल्लामा ४८७ जनाको ज्यान गईसकेको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या २६५ रहेको छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित