Rashtriya Dainik

स्वास्थ्य सामग्री बितरण

अर्जुन शाह/असार ९/मौलापुर

पिन नेपाल र आसमान नेपालद्वारा रौतहट र बारामा स्वास्थ्य सामग्री बितरण
रौतहट जिल्लाकाे मौलापुर नपा, कटहरीया नपा, बाराको पचरौता नपा र आदर्शकोत्वाल गाउँपालिका पिपुल इन निडको सहयोगमा र आसमान नेपालको आयोजनामा संचालित आरम्भ परियोजना अन्तर्गत २०७८/०३/०९ र १० गतेको दिन स्वास्थ्य सामग्री वितरण गरिएको छ । सोही अन्तर्गत आसमान नेपालको समन्वयमा बारा र रौतहटको ४ वटा पालिकामा रहेको आइसोलेस्न सेन्टर ,स्वास्थ्य चौकी र वडा कार्यालयमा बेड,ओक्सिमिटर,एन्टिजेन टेस्ट कीट,मास्क,ग्लोबस,थर्मल र गन मच्छर जाली लगायत १२ किसिमको स्वास्थ्य सामाग्री वितरण गरिएको आरम्भ परियोजनाको कार्यक्रम ब्यवस्थापक संजिव गुप्ताले जानकारी दिएका छन्
उक्त परियोजना अन्तर्गत बारा र रौतहट गरि २ हजार ४ सय ८४ जना बिबाहित र अविवाहित बिधालय भन्दा बहिर रहेका १० देखि १९ बर्षको किशोरीहरु प्रत्यक्षरुपमा लभान्वित छ्न।
यस वर्ष नेपाल सरकारको बिधालय भर्ना अभियानमा दुबै जिल्ला गरि लगभग १७०० किशोरीलाई बिधालय भर्ना गराउने लक्ष्य रहेको कार्यक्रम ब्यवस्थापक गुप्ताले बताए

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित