Rashtriya Dainik

खोलामा डुबेर बेपत्ता भएको बालकको शव गुताखोर टिमद्वारा फेला

पर्सा , असार १७
विगत तीन दिन देखि पर्सा जिल्लाको पोखरिया नगरपालिकामा खोलामा डुबेर बेपता भएका बालक शव फेला परेको छ।
सशस्त्र प्रहरी कुहिनाटारबाट आएको गुताखोरटोली, इलका प्रहरी कर्यालय पोखरियाको टोली , सशस्त्र प्रहरी पोखरियाको टोली र स्थानीय युवाहरु संयुक्त खोजीमा आज शव फेला परेको छ।पोखरिया नगरपालिकाको वडा नंबर ७ गोबिन्दपुर नजिक धुताहा खोलामा डूबेको स्थानबाट ३ किलोमीटर पर करिब ४ बजेर २५ मिनेटमा शव फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ।
पोखरीया नगरपालिकाको वडा नम्बर ९, शिववर्वा बस्ने राजेन्द्र महतो तात्वाका अ.१३ वर्षीय छोरा राजु महतो तात्वा डूबेका थिए।पोखरीया नगरपालिका वडा नम्बर ७ रानीगञ्ज र रहरीया गाउँको बीचमा बग्ने धुताहा खोलाले उनलाई मंगलबार दिउसो बगाएको थियो। गाउँका एक जनाको शव सद्गतका लागि मलामी गएका उनी नुहाउने क्रममा २:४५ बजे बेपत्ता भएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित