Rashtriya Dainik

बैजनाथबाट दुई थान पाटेबाघको छाला सहित २ जना पक्राउ

१७ असार, बाँके । बाँकेको बैजनाथ गाउँपालिका-४ तिलकपुरस्थित सडकबाट २ थान दुर्लभ बन्यजन्तु पाटे बाघको छाला सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अछाम मेललेख गाउँपालिका-३ दर्पा बस्ने २७ वर्षीय डम्बर बुढा र अछाम रामरोसन गाउँपालिका-५ बस्ने ३५ वर्षीय नन्दु बुढा रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित