Rashtriya Dainik

नेशनल प्याब्सन नवलपरासीको छौठौ जिल्ला अधिवेशन सम्पन्न , अध्यक्षमा हरेन्द्र काेइरी चयन

उमेश बि.क / नवलपरासी , १६ असार

राष्ट्रिय निजी तथा अावसिय विद्यालय यसाेसियन नेपाल पश्चिम नवलपरासीको छौठौ जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ ।

अधिवेशनले आगामी तिन वर्षे कार्यकालका लागि हरेन्द्र काेइरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।समितिको वरिष्ठ उपाध्यक्षमा हिरालाल कुश्वाहा , उपाध्यक्षमा जितेन्द्र कुमार यादव, सचिवमा राेहित काेहार , कोषाध्यक्षमा रामबहादुर कुर्मी , सहसचिवमा रियाज अलि अन्सारी तथा सदस्यमा मनाेज कुमार कुश्वाहा, कुन्नु पाल र बृज बिहारी ठाकुर रहेका छन्।

राष्ट्रिय निजी तथा अावसिय विद्यालय यसाेसियन नेपाल नवलपरासीको अध्यक्ष कृष्णप्रसाद घिमिरेकाे अध्यक्षता तथा सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयकाे प्रमुख अातिथ्यता र नेशनल प्याब्सनका केन्द्रिय सदस्य उमा गिरी,लुम्बिनी प्रदेश उपाध्यक्ष डिली राम काफ्ले ,शिक्षा सतमार्ग नेपालीको सियो रमेश न्याैपानेकाे बिशेष अातिथ्यतामा भएको छौठौ जिल्ला अधिवेशनमा बरिस्ठ उपाध्यक्ष हरिन्द्र काेइरीले स्वागत मन्तव्य तथा सचिव सागर मणि पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित