काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर दुई हजार आठ सय ९२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ८७ जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार आठ सय ८९ जना कोरोना सङ्क्रमित भेटिएका छन् । यस्तै चार हजार तीन सय ८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमण दर २६ प्रतिशत पुगेको छ ।
जोखिम अझै नहटेकाले जन स्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले आग्रह गर्नुभएको छ । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा र थप भएकाे विवरणसहित ४१ जनाको ज्यान गएकाे छ । यस अवधिमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार पाँच सय ९७ छ ।
अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार पाँच सय ६१ रहेको छ । तीमध्ये ३० हजार पाँच सय ४४ जना होम आइसोलेशनमा छन् भने तीन हजार १७ जना संस्थागत आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कोरोना सङ्क्रमणका कारण नौ हजार एक सय १२ जनाको ज्यान गएकाे छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लाको सङ्ख्या १७ छ । पछिल्ला दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको तथ्याङ्कले देखाएको छ ।
मङ्गलवार सङ्क्रमण पुष्टि भएको दुई हजार ६ सय ३६ भन्दा आज दुई सय ५६ जना बढी थपिएका छन् । सोमवार दुई हजार चार सय ४४ जना सङ्क्रमित भेटिएका थिए । आइतवार एक हजार नाै सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

