Rashtriya Dainik

संसद विघटनविरुद्ध पाँच विद्यार्थी संगठनद्वारा प्रदर्शन

काठमाडौं : संसद विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले देशैभर विरोध प्रदर्शन गरेका छन् । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्लाका पाँच विद्यार्थी संगठनका जिल्ला नेतृत्वको अगुवाइमा विरोध प्रदर्शन भएको छ ।

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), सुदेश पराजुली नेतृत्वको अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल ९छैटौँ०ले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् ।

प्रतिगमनको नेतृत्व गर्ने प्रधानमन्त्री केपी ओलीको पुत्लादहनसहित विरोध प्रदर्शन गरिएको नेविसंघका महामन्त्री मनोज वैद्यले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित