Rashtriya Dainik

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जना पुर्पक्षका लागि कारागार चलान

सुर्खेत – राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेकाे आराेपमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बुधवार उनीहरूलाई पुर्पक्षका लागि कारागार चलन गरिएकाे सुर्खेत जिल्ला अदालतले जनाएकाे छ ।

बुधवार न्यायाधीश डिलप्रकाश सापकोटाको एकल इजलासले दुई जना राउटे युवतीलाई होटलमा लिएर मदिरा खुवाइ यौन दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

अदालतका स्रेस्तेदार यमप्रसाद बास्कोटाले बुधवार अदालतले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जानकारी दिनुभयो ।

यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि गएको जेठ २३ गते उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित