उमेश बि.क / नवलपरासी ,१६ असार
अविरल वर्षाका कारण आएको बाढीले नवलपरासी पश्चिमको जनजीवन कष्टकर बनेको छ।
मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण सरावल गाउँपालिका , प्रतापपुर गाउँपालिका , सुस्ता गाउँपालिका ,रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकाका अधिकांश गाउँहरूमा पसेको बाढीले स्थानीय बासिन्दाको घर, खेतमा क्षति पुर्याएको छ।
पानीको सहज निकास नहुँदा घर तथा पसलहरु डुबेका हुन् । सडकमा पानी जम्मा हुँदा आवत–जावत गर्नसमेत कठिनाई भएको छ।

डुवानका कारण घरभित्र पानी पस्दा अन्नपात, लत्ताकपडा भिजेका छन् भने धारा पानिमा डुबेको हुनाले धमिलाे पानी अाउने गरेको स्थानीयले जानकारी दिएका छन ।
झरही नदि र धनेवा नदिकाे कारणले पानीले निकास नपाएकाले गाउँमा पानी पस्दा डुबानमा परेको हो। साे
गाउँ तथा बाटोमा पनि घुँडाभन्दा माथि पानी पुगेकाले स्थानीय समस्यामा परेका छन् । बाटाे तथा खेतमा जलमग्न भएको हुनाले धान नहुने सम्भावनन धेरै रहेकाे लक्ष्मीकान्त चाैधरीले जानकारी दिनुभएको हाे । सबैभन्दा बढी खाद्यान्न बालीमा बाढीले असर पारेको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर, सरावल ,पाल्हिनन्दन र सुस्ता गाउँपालिका बासिन्दा सधैं बाढी र प्राकृतिक विपद्को जोखिममा रहेका छन् ।
साे स्थानका केहि बस्ती डुबानमा परेको भएपनि अहिलेसम्म धनजनको क्षति नभएको स्थानीयले बताए ।

बाढीका कारण सुनवल नगरपालिका-५ वनकट्टी र सुनवल-१३ बडेरामा बनाइएको डाइभर्सन भत्किएपछि आज बिहान पाँच बजेदेखि नै पूर्व पश्चिम राजमार्ग अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो। उक्त स्थानमा पैदलयात्री पनि हिँड्न सक्ने नरहेको उहाँले बताउनुभयो। 
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

