उमेश बि.क / नवलपरासी , १५ असार
पश्चिम नवलपरासीको प्रमुख विद्यार्थी संगठनद्वारा अान्दाेलनकाे तयारी भइरहेको छ।
नवलपरासीको प्रमुख विद्यार्थी संगठन संयुक्त रुपमा बैठक बसि सम्पूर्ण शैक्षिक, सामाजिक, अार्थिक एव राजनैतिक रुपमा देखिएका बिकृति विरुद्ध एकताबद्ध रहि अान्दाेलन गर्ने तयारी भइरहेको नेपाल विद्यार्थी संघका निवर्तमान सहसचिव बिकास घिमिरेले जानकारी दिनुभएको हाे।
प्रमुख विद्यार्थी संगठन संयुक्त रुपमा मंगलबार भुमहिमा बसेकाे बैठकमा उक्त निर्णय गरिएको हाे।
साथै प्रधानमन्त्री केपि अाेलिद्वारा गरिएको असंवैधानिक कदम विरुद्ध केन्द्रीय बक्तब्य अनुसार अाएका कार्यक्रमहरु सहर्ष लागू गर्ने निर्णय समेत गरिएको हाे।

बैठकमा नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष राजन भण्डारी ,अनेरास्ववियु (क्रान्तिकारी)अध्यक्ष विशाल गिरी ,अनेरास्ववियु अध्यक्ष भगवती यादव ,समाजवादी विद्यार्थी संगठन सचिव सुनिल हरिजन र अखिल (छैठाे )अध्यक्ष सागर सुवेदीकाे संयुक्त हस्ताक्षरित प्रेस बक्तब्य निकाल्दै अान्दाेलनकाे तयारी गरिएको नेपाल विद्यार्थी संघका निवर्तमान सहसचिव बिकास घिमिरेले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

