Rashtriya Dainik

पत्रकार लक्ष्मण बिसिमाथि, बलराम राईमाझीको टोलीले अर्घाखाँचीमा संघातिक आक्रमण

अर्घाखाँची । पत्रकार लक्ष्मण बिसिमाथि अर्घाखाँचीमा संघातिक आक्रमण भएको छ । सन्धिखर्क नगरपालिका -९ को बजेट बिनियोजन कार्यक्रम रहेको खबर पाउन साथ कार्यक्रम स्थल जादा बिच बाटोमा आक्रमण भएको हो ।

पत्रकार बिसिलाई कार्यक्रमको बहानामा फोन गरि बोलाउने बलराम राईमाझीको समुहले बिहान ११:२० बजे बिचबाटोमा आक्रमण गरेको हो ।

बिसिमाथि आक्रमण गर्ने बलराम राईमाझीले पत्रकार बिसिको मोबाइल, क्यामेरा र माईक कब्जा गरि फरार रहेको छ ।

पत्रकार बिसिको अबस्था बुझ्न नवलपुर टुडेका पाल्पा संबाददाताले अर्घाखाँची प्रहरी कार्यालयमा फोन सम्पर्क गर्दा बिसिलाई सुरक्षीत साथ सन्धिखर्क -९ अर्घा प्रहरी चौकीमा राखेको जानकारी दिएको छ ।

आक्रमणकारी बलराम राईमाझी घट्ना पश्चात् मोबाइल, क्यामेरा र माइक कब्जा गरि फरार रहेकोले प्रहरीले खोजी गरिरहेको बताएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित