Rashtriya Dainik

लकडाउनको मौका छोपी काठको तस्करी बढ्यो

प्रिन्स मिश्रा कपिलवस्तु – केही दिन पहिला लुकाई राखेकाे अवस्थामा प्रहरीले अवैध जंगली काठ बरामद गरेकाे थियो ।
कपिलवस्तु जिल्लाकाे विजयनगर गाउँपालिका ७ गेडुवाजोत बगैचामा लुकाएर राखेएको अवस्थामा दुई लाख उनन्तीस हजार बराबरकाे का ६५.४४ कयुफिट काठ प्रहरी चैाकी ठकुरपुरबाट खटेकाे टाेलीले केहि दिन अघि बरामद गरेकाे थियाे । नेपाल-भारत सीमा क्षेत्रमाकाे जंगलबाट दिनहुँ अवैध कालो शिसम, टिकका काठ तस्करी हुँदै आएकाे छ ।
नेपाल -भारत सीमा दर्जनौ काठ मिल र फर्निचर उद्योगहरु रहेकोले अवैध काठ जंगलबाट कटान गरि तस्करहरुले दिनहु भित्रियाउने गरेकाे स्राेतले जनाएकाे छ ।यसरी तस्करी मौलाईरहँदा पनि सम्बन्धीत निकाय मौन रहेको स्थानीयको आरोप छ ।
तस्करहरुले भारतीय जंगलबाट नदीकाे किनारा हुँदै नेपालका सिमा नजिकका गाउंमा राति काठ गोलीयहरू चाेरी निकासी गरेर लुकाउँछन र बिहानै काठ उद्याेगहरुसम्म पुर्याउछन ।

जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठ तस्करी भईरहेको स्रोतले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित