रुपन्देही कार्तिक १५ – रुपन्देहीको देवदह नगरपालिका वडा नं १२ सिक्टहन स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टरको उद्घाटन गरिएको छ । देवदह नगरपालिका मेयर हिरा बहादुर खत्री र उपमेयर बिद्या लक्ष्मी गुरुङले बर्थिङ्ग सेन्टर उद्घाटन गरे ।उदघाटन कार्यक्रमका प्रमुख अतिथी एबं देवदह नगरपालिका मेयर हिरा बहादुर खत्रिले देवदहनगरपालिका ११ र १२ वडालाई लक्षित गरि स्वास्थ्य चौकीमा २४ घण्टे बर्थिङ्ग सेन्टर सुरु गरिएको बताए ।
मेयर खत्रीले स्वास्थ्य मौलिक हक भएकोले कुनैपनि मानिस स्वास्थ्य सेवाबाट बञ्चीत नहुने उदेश्यका साथ नगरपालिकाले काम अघि बढाएको बताए । उनले देवदहनगरपालिकामा सुन्य होम डेलेभरि घोषणा गर्ने तयारी समेत गरेको बताए ।संघिय सरकार र देवदह नगरपालिकाको संयुक्त लगानीमा १५ सैयाको अस्पताल निमार्णको कार्य अघिबढेको बताए ।
३ गाउँपालिका बाट बनेको देबदह नगरपालिकामा अहिले ३ बटा स्वास्थ्यचौकी र २ वटा सहरी स्वास्थ्य संस्था रहेको मेयरले बताए ।मेयरले खत्रीले देवदह केराबानी भन्दा सिक्टन क्षेत्र बिकासका काममा पछि भएकोले अहिले तल्लो क्षेत्रबाट कामसुरु गरेको बताएका छन । नगरपालिकाको ७ ५ र ७ मा संघिय सरकारको बिषेश अनुदान र नगरपालिकाको ५० प्रतिशत लगानीमा स्वास्थ्य संस्था निमर्णको लागी ठेक्का संझौता भैसकेको बताए ।
उनले भने देबदहनगरपालिका स्वास्थ्य शिक्षा खानेपानी कृषि अन्यपुर्वाधार तर्फ बिकासका काम तिब्र गतिमा भएको बताएका छन । देवदहमा १५ सैयाको अस्पताल निमार्ण सम्पन्न भएपछि यसक्षेत्रका वासिन्दाहरु वाहिर उपचारको लागी जानुनपर्ने बताए ।
उदघाटनमा बोल्दै देवदह नगरपालिका उपप्रमुख बिद्या देबि गुरुङले हाल रहेको २३९ जना प्रति १ लाख मात्रृमृत्यु दरलाई घटाई सन् २०३० सम्म ७० जना प्रती १ लाखमा झार्ने संघीय सरकारको लक्ष्यलाई पूरा गर्ने उदेश्यका साथ र देवदह नगरपालिकालाई जिरो होम डेलिभेरी बनाउने उदेश्यका साथ सिक्टहन स्वास्थ्य चौकीमा २४ घण्टे बर्थिङ्ग सेन्टर सुरु गरिएको बताईन ।
उनले भनिन सबै स्वास्थ्य संस्थामा यो सेवा सुरु भएको छ अब प्रचार प्रसार ,अस्पतालमा आउन प्रोसाहन र मुस्कान सहितको स्वास्थ्य सेवा दिने र देवदहनगरपालिकालाई जिरो होम डेलिभेरी बनाउने बताईन । देवदहनगरपालिका वडा नं १२का वडा अध्यक्ष एबं सिक्टहन स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष वाबुलाल यादबको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख प्रशाशकिय अधिकृत पित्ताम्बर पान्डे स्वास्थ्य चौकी ईँर्चाज रेशम बिक देबदह नगरपालिका स्वास्थ्य संयोजक कासिनाथ बन्जाडे जिल्ला स्वास्थ्य कार्यलयका प्रतिनिधि सिक्टहन स्वास्थ्य चौकी ब्यबस्थापन समितिका उपाध्यक्ष भेषराज भटराई लगायतले बोलेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

