कृष्णनगर, अषाढ १२
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय हिन्दू युवा शक्तिको नगर कमिटी आज कृष्णनगरमा गठन भएको छ ।विकास कुमार चतुर्वेदीको अध्यक्षतामा ११ सदस्यि कमिटी गठन भएको छ ।
आज शनिबारको दिन हिन्दू युवा शक्तिको कृष्णानगरमा एक कार्यक्रमका बिच हिन्दू युवा शक्ति जिल्ला सल्लाहकार एवं सदस्य आस्तिक पाण्डेयको अध्यक्षता तथा हिन्दू युवा शक्ति जिल्ला महासचिव विषणु प्रसाद तिवारीको
प्रमुख आतिथ्यमा नगर कमिटी गठन गरिएको छ ।
साथै हाम्रो कृष्णानगरका सम्पूर्ण भाइ बहिनी हरू हिन्दू युवा शक्ति कपिलवस्तु संग जुड्ना चाहनु हुन्छ भने तल दिएको नम्बर वहांहरू संग कुरा गरेर जुड्न ९८१६४४७५५५,९८१४४१५४०४ हिन्दू युवा शक्ति कपिलवस्तुले आग्रह समेत गरेकाे छ।
जस्को जानकारी हिन्दू युवा शक्तिको नगर कमिटी कृष्णनगर अध्यक्ष विकास चतुर्वेदीले दिएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

