Rashtriya Dainik

मायादेवी गाउपालिकाको निति कार्यक्रम तथा बजेट सार्वजनिक

तुलसी राम पौडेल /मायादेवी ,असार ११
रुपन्देही स्थित मायादेवी गाउपालिको आर्थिक वर्षको २०७८/०७९ को निति तथा कार्यक्रम तथा बजेट सार्वजनिक भएको छ। बुधबार सम्पन्न नवौ गाउसभामा गाउपालिका अध्यक्ष एवं गाउ सभा अध्यक्ष ध्रुव नारायण चौधरीले निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो ।
मायादेवी गाउपालिकाको कुल बजेट ६३ करोड ८७ लाख ४४ हजार रहेको छ जस अन्तरगत पुजिगत तर्फ ३८ करोड ३२ लाख ४६ हजार ४ सय रुपैयाँ र चालुतर्फ २५ करोड ५४ लाख ९७ हजार ६ सय रुपैयाँ रहेको छ। गाउपालिकाको आम्दानी स्रोत अन्तरगत संघिय सरकारबाट ४५ करोड १ लाख १५ हजार रुपैयाँ ,प्रदेश सरकारबाट २ करोड ९५ लाख ४४ हजार रुपैयाँ ,गाउपालिकाको बैंक मौज्दात ९ करोड ४८ लाख र गाउपालिकाको आन्तरिक आय ६ करोड ५० लाख रुपैयाँ रहेकोे छ।
बजेट तथा निति कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।कोरोना भाइरस रोगको रोकथाम ,उपचार र नियन्त्रणका लागि प्रदेश र संघिय सरकारसग समन्वय गरी मापदण्ड अनुसारको व्यवस्थापन गरिने छ।कोभिड -१९ महामारी न्यूनीकरणलाई उच्च प्राथमिकता दिइ यसको रोकथाम नियन्त्रण ,प्रतिकार्य र उपचारको व्यवस्था गर्दा गाउभित्र आवश्यक औषधि एवं औषधिजन्य सामाग्रीको सहज आपूर्ति र उपलब्धता सुनिश्चित गरी महामारीबाट जनतालाई सुरक्षित राखिनेछ।
कोभिड -१९ ले विद्यालय संचालन र विद्यार्थीको सिकाइ तथा मनोविज्ञानमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न शिक्षक विद्यार्थी ,विद्यालय व्यवस्थापन समिति अभिभावक र सबै सरोकारवलाहरुको साझा प्रयासबाट विभिन्न माध्यम र सामाग्रीको उपयोग गर्दै विद्यार्थीको सिकाइलाई निरंतरता दिइने निति लिइएको छ।।२४ घण्टा सेवा प्रदान गर्नुहुने स्वास्थ्यकर्मीहरुको लागि स्थानीय निकायबाट थप सुविधाको व्यवस्था गरिने छ।गाउपालिका भित्रका गर्भवती महिला सुत्केरी गराउन घरदेखि वर्थिङ्ग सेन्टर( कम्हरिया स्वास्थ्यचौकी सम्म र वर्थिङ्ग सेन्टरबाट रिफर भएका गर्भवती तथा सुत्केरी महिलालाई एम्बुलेन्स सेवा निशुल्क प्रदान गरिनेछ।
गाउपालिका भित्र कोभिड -१९ का सक्रमित नागरिकलाई आइसोलेसन सेन्टर / अस्पताल सम्म लैजान निशुल्क एम्बुलेन्स सेवालाई निरंतरता दिइनेछ।
सबैको स्वास्थ्य सुनिश्चितताको लागि घुम्ति सेवा ,घर दैलो र ६० वर्ष माथिका जेष्ठ नागरिक ,अपांग ,असहायको उपचारका लागि विशेष सुविधा प्रदान गरिनेछ ।आयुर्वेद चिकित्सा सेवालाई व्यबस्थापन गर्न आवश्यक कार्यक्रमहरु ल्याइने र व्यायाम योग शिक्षालाई जोड दिने एवं गुणस्तरीय स्वास्थ्य र योग शिक्षाको व्यवस्थापन गर्ने निति लिइएको छ।आयुर्वेद चिकित्साको माध्यमबाट पनि विभिन्न रोगको रोकथाम नागरिकको स्वास्थ्य प्रवर्द्धन तथा उपचारलाई प्रभावकारी र ब्यवस्थित गर्दै समुदाय स्तरमा प्रचरात्मक तथा सन्देशमुलक रूपमा नागरिक आरोग्यताका लागि आयुर्वेदका विभिन्न स्वास्थ्य पर्वधनात्मक कार्यक्रमहरु संचालन गरिनेछ।
भान्सामा प्रयोग गरिने र गर्न सकिने जडिबुटीहरुको औषधि प्रयोग एवं कोभिड रोकथाममा जडिबुटिहरुको उचित प्रयोगलाई प्रोत्साहन दिइनेछ ।स्वस्थ जिवनशैलि तथा योग कार्यक्रम विस्तार गरी मानसिक एवं नसर्ने रोग न्यूनीकरण गर्ने निति लिइने छ।अत्यावश्यक आयुर्वेद औषधिहरुको बर्सभरी सहज उपलब्धता हुने व्यवस्था मिलाइने छ।निजि स्वास्थ्य सस्थाहरुको प्रभावकारी अनुगमन र नियमन गरिने निति लिइएको छ।अबैध रूपमा संचालित स्वास्थ्य सस्थाहरु बन्द गरिनेछ।छोराछोरी दुबै बराबरी भन्ने मुल नारालाई यस गाउपालिका अन्तरगत सार्थक बनाउनको लागि गरिएको छोरी बिमा कार्यक्रमलाई निरंतरता दिइनेछ ।एक वडा एक खेलकुद मैदानको अवधारणा अनुरुप मायादेवी गाउपालिकामा जग्गा पहिचान तथा खेलकुद पुर्वाधार विकास योजना तयार गरी एक एक खेलकुद मैदान निर्माण गरिने लगायतका लोकपि्रय निति लिइएको छ।
गाउसभा अध्यक्ष ध्रुव नारायण चौधरीको अध्यक्षतामा सम्पन्न गाउ सभामा उपाध्यक्ष तारा यादव ,प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थी , लेखा अधिकृत उमेश गैरे लगायत शाखाप्रमुखहरु ,गाउ सभा सदस्यहरुको उपस्थिति रहेकोे थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित