Rashtriya Dainik

पर्साको सखुवा प्रसौनी गाउँपालिकाको सातौ गाउँ सभा सम्पन्न

लालबाबु बानिया/पर्सा ,१० असाढ
पर्साको सखुवा प्रसौनी गाउँपालिकाको सातौ गाउँ सभा नीति तथा कार्यक्रम अाज गाउँपालिकाको सभा हल मा सम्पन्न भएको छ। अार्थिक वर्ष ०७८/७९ को लागि गाउँ सभा बाट ५४ करोड १६ लाख ७३ हजार बराबर को अनुमानित बजेट गाउँपालिका उपाध्यक्ष फुलमती देबी ले प्रस्तुत गर्नु भएको थियोे । गाउँ सभा को नीति तथा कार्यक्रम लाई गाउँपालिका अध्यक्ष प्रदिप जैसवाल ले उद्घाटन गर्नु भएको थियोे ।उद्घाटन गर्दै गापा अध्यक्ष ले भने जनता हरु संग गरेको बचा हामी जितेर अाएको जनप्रतिनिधि हरु ले सकेको जति पूरा गरेका छौ। चार वर्ष बितिसक्यो अब छ महिना मात्र बाकी रहेको ले बाकी काम गरेर देखाउन ,जनप्रतिनिधि र कर्मचारी हरु को समन्वय मा मेहनत बाट पूरा हुने बिश्वास रहेको अध्यक्ष जैसवाल ले बताए। गाउँ सभा मा पहिलो प्राथमिकता मा शिक्षा ,स्वास्थ्य , कृषि पर्यटन , भौतिक बिकास ,महिला बालबालिका बिपन ब्यस्थापन, कोरोना महामारी नियन्त्रण लगायत मा बजेट बिनियोजन गरिएको गाउँपालिका प्रमुख प्रसासशकिय अधिकृत संन्देश यादव ले जनाएका छन। गाउँ सभा मा वाडअधयक्ष, कार्यपालिका सदस्य ,महिला सदस्य ,जनप्रतिनिधि ,कर्मचारी लगायत को सहभागिता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित