अर्जुन शाह/असार १०/केहुणीया
पर्सा जिल्लाको बीरगञ्ज वीरगन्ज महानगरपालिका वडा नं २२ केहुनीया स्थित विन्दवासिनीमाईकाे सभाहलमा जिल्ला समन्वय समिति पर्साको पदभार तथा सफत ग्रहण र प्रथम बैठक सम्पन्न भएको छ ।
जनमत पार्टी जिल्ला समन्वय समिति पर्साका पूर्व ईन्चार्ज सुजित चौरासिया अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिमा जनमत पार्टीका केन्द्रिय सदस्य सुनिल यादवले आफ्नो मन्तब्य ब्यक्त गर्दै भने आज देखि जिल्ला सम्पूर्ण कार्यकर्ता लाई मिलाएर अगाडि बढ्न अनुराेध समेत गरेका छन । विशेष अतिथिमा जनमत पार्टीका केन्द्रिय प्रचार प्रसार विभागका प्रमूख सुरेश शाहले आफ्नो मन्तब्य ब्यक्त गर्दै भने विना अभिभावककाे परिवार चल्दैन त्यसले हामी मुली जुली समन्वय गरेर अगाडि बढ्न अनुराेध समेत गरेका थिए जनमत पार्टी बारा जिल्लाका सह इन्चार्ज र जनमत पार्टी बारा जिल्लाका कोषाध्यक्ष एवम प्रोफेसर हरी प्रशाद पटेल लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए।
कार्यक्रममा जनमत पार्टी केन्द्रिय समितिद्धारा मनोनित जिल्ला समन्वय समिति पर्सा का पदाधिकारी लाई प्रमाण पत्र समेत दिएर पदभार तथा सफत ग्रहण गरेका छन् ।
कार्यक्रमका उद्घोषण जनमत पार्टीका जिल्ला सचिव बिनय यादवले गरेका थिए ।
कार्यक्रम मा जनमत पार्टीका वीरगन्ज वाड नं २० का अध्यक्ष सुनिल चौरासिया, सखुवा प्रसौनी वाड नं ६ का अध्यक्ष चन्द्रकान्त मिश्रा, जय किशोर चौरासिया लगायतका उपस्थिती रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

