बर्दघाटको चिसापानी अस्पतालमा आईतवार भएको स्वास्थ्यकर्मीमाथिको दुव्र्यवहार र खोप कार्ड ,रेकर्ड अभिलेख च्यातिएको बिषयलाई लिएर स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिने भएक छन।
अस्पताल हाताभित्र स्वास्थ्यकर्मीहरु माथी भएको दुर्व्यवहार ले असुरक्षा पैदा गरेकाले सुरक्षाको प्रत्याभूती नभए सम्म विभिन्न चरणका आन्दोलनमा आफू हरु उत्रिन बाध्य हुने अस्पतालका सुचना अधिकारि रमेश न्यौपानेले जाकारी दिनु भयो।
घटना भएको दोस्रो दिन सम्म पनि सम्बन्धित निकायहरु र नगरप्रमुख नै अस्पताल ब्यवस्थापन समिति बाट आधिकारिक धारणा नआईसके र अस्पताल ब्यवस्थापन पक्षसग कुराकानी र छलफल भने भैरहेको सुचना अधिकारी न्यौपानेले बताउनु भयो।
कोरोना महामारीको यो बिषम परिस्थितिमा अहोरात्र खटिने स्वास्थ्यकर्मी माथी भएको यो ब्यवहार प्रती आम सरोकारवाला र सम्बन्धित स्थानिय तहले अहिले सम्म पनि घटनाका विषयमा अस्पताल प्रशासन, पिडित स्वास्थ्यकर्मीहरु सग खासै चिन्ता र चासो ब्यक्त नभएकोमा अस्पतालका स्वास्थ्यकर्मीहरुको गुनासो छ।
दोषीलाई कारबाही नभए सम्म र आगामी दिनमा यस्ता शृङ्खलाहरु नदोहोरिनका लागि सुरक्षाको ब्यवस्था नभए सम्म निर्वाद रुपमा काम गर्ने बाताबरण तयार नहुने,स्वास्थ्यकर्मीको मनोबल समेत खस्किने हुदा सम्बन्धित निकायले सुरक्षित बाताबरण तयार गरिदिनु पर्ने सुचना अधिकारी न्यौपानेले बताउनु हुन्छ।
अस्पतालमा हाल सम्म पनि सिसि क्यामेरा जडान नभएको र सुरक्षा गार्ड समेत नभएकाले पनि समस्या भएको अस्पतालको भनाई छ।
अस्पताल ब्यवस्थापन समितिको अध्यक्ष समेत रहनु भएका नगरप्रमुख धिरज शर्मा बस्यालले भने घटनाका बारेमाअनुसन्धान भैरहेको बताउनु भएको थियो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

