नवलपरासी /असार ७
बर्दघाट नगरपालिका स्थित चिसापानी अस्पतालमा कोरोना बिरुद्धको खोप केन्द्रमा स्थानीय सरकारका जनप्रतिनिधिले अनियमितता गरेको भन्दै ४ युवा संगठनहरुले ध्यानाकर्षण भएको बताएका छन।
उनिहरुले बिज्ञ्प्ती जारी गर्दै “नागरिकको जीवन संकटमा रहेका बेला राज्य जिम्मेवार नभएकाले अन्तरास्ट्रिय जगतले गरेको सहयोगको खोपमा पनि लक्षित उमेरका नागरिकमा नपुर्याई आफ्ना नातागोता र आसेपासेलाई बितरण गरिएकोमा गम्भीर आपत्ति प्रकट गरिएको छ।
नागरिकहरूको जीवन जोगाउन संघर्ष गरिरहेका बेला राज्यले गरेको यस प्रकारको अपराध प्रती खेद प्रकट गर्दछौ”बिज्ञप्तिमा उल्लेख गरिएको छ।
आफ्ना निकटका कार्यकर्ता र आसेपासेको मिलेमतोमा खोप दुरुपयोग गरिरहेको जनगुनासो बढेपछी तथ्यांक लुकाउन आफ्नै कार्यकर्ता प्रयोग गरि खोप कार्ड च्यातिएकोप्रती गम्भीर ध्यानाकर्षण भएको पनि बिज्ञ्प्तिमा जनाईएको छ।
पटक पटक सरकारी महत्वका कागज च्यातिदा पनि स्थानिय प्रशासन र सरोकार वाला मुखदर्शक देखिनु आश्चर्यको बिशय भएको बताईएको छ।विषम परिस्थितिमा खोपको अनियमिता गर्ने गर्न लगाउने र जनगुनासो आएपछी रेकर्डनै च्यात्न लगाउने जनप्रतिनिधि र च्यात्ने कार्यक्र्ता माथी अबिलम्ब कारबाही हुनु पर्ने बिज्ञ्प्तीमार्फत उल्लेख गरिएको छ।

दोषिलाई कामकारबाहि नगरी संरक्षण गरेमा बिरोधमा उतृन बाध्य हुने चेतावनी समेत दिईएको छ।
बिज्ञप्तिमा नेपा तरुणद नवलपरासी अध्यक्ष सुक बहादुर गुरुङ,वाईसीएल नवलपरासीका संयोजक दिपक राना,युवा संघ नवलपरासीका अध्यक्ष मोहन बिक र राष्ट्रिय जनमुक्ति युवा महासंघका अध्यक्ष सुधा गुरुङको संयुक्त हस्ताक्षर रहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

